लागुऔषधसहित विभिन्न स्थानबाट ८ जना पक्राउ
काठमाडौँ । देशका विभिन्न स्थानबाट नेपाल प्रहरीले लागुऔषधसहित ८ जनालाई पक्राउ गरेको छ ।
झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुलबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ४० वर्षीय खेमराज सुवेदीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट सिटिरिक्सामा नेपालतर्फ आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागुऔषध गाँजा करिब २ किलोग्राम सहित भारत त्रिकोलिया थाना मोतिहारी जैसीपुर चिउटई-१२ घर बताउने ६० वर्षीय राजेश्वर महतोलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-५ बस्ने १९ वर्षीय सुरज गिरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया लोटस गल्लीबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-२ तेघरी बस्ने २३ वर्षीय सुरेन्द्र भट्ट र २४ वर्षीय धिरेन्द्र धामी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-३ कदम टोल बस्ने ५५ वर्षीय तेज नारायण साहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, लालबन्दी नगरपालिका-७ डुमडुमे मन्दिरस्थित सडकबाट नियन्त्रित लागुऔषध नाईट्राजेपाम ३ सय ९० पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा गाउँपालिका-२ संग्रामपुर बस्ने २० वर्षीय रवि मण्डल र २१ वर्षीय रोशन मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बिआर ३० डिएक्स ६२४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागुऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारविरूद्ध बोल्न बन्द गर्नुस्’ भन्दै हिरासतमै पूर्वगृहमन्त्री गुरुङले दिए धम्की
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण