विराटनगर घोषणापत्र जारी गर्दै बाल विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न
विराटनगर । विराटनगर घोषणापत्र जारी गर्दै “नेपालमा प्रारम्भिक बाल विकास इकोसिस्टमको परिकल्पना” विषयक अन्तर्राष्ट्रिय सम्मेलन शनिवार सम्पन्न भएको छ ।
बाल अधिकार महासन्धि १९८९, संयुक्त राष्ट्र सङ्घ दिगो विकास लक्ष्य २०३०, मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र १९४८ लाई आत्मसात् गर्दै नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको प्रारम्भिक वाल विकासको मौलिक अधिकारलाई सुनिश्चित गर्न पूर्वाञ्चल विश्वविद्यालयले प्राज्ञिक क्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्ने घोषणापत्रमा सङ्कल्प गरेको छ । सङ्घीय, प्रादेशिक र स्थानीय सरकार तथा विभिन्न सङ्घ संस्थाहरूसँग सहकार्य गरी प्रारम्भिक वाल विकास सम्बन्धी प्राज्ञिक एवम् अनुसन्धानात्मक कार्यको नेतृत्व लिने घोषणापत्रमा उल्लेख छ ।
घोषणापत्रमा प्रारम्भिक वाल विकासको बहुआयामिक पक्षलाई प्राथमिकता दिँदै नीति एवम् कार्यक्रमिक पक्षमा वकालत तथा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको छ । त्यस्तै, प्रारम्भिक वाल विकास सम्बन्धी नवीनतम सोच, प्रविधि र ज्ञानको प्रवर्द्धन गर्न स्नातक, स्नातकोत्तर, एमफिल तथा पिएचडी लगायतका शैक्षिक कार्यक्रमहरू मार्फत दक्ष मानव श्रोत विकासमा अग्रणी भूमिका खेल्ने र विश्वविद्यालयमा एक अन्तर्राष्ट्रिय स्तरको प्रारम्भिक वाल विकास सम्बन्धी अनुसन्धान केन्द्र स्थापना गर्ने घोषणापत्रमा उल्लेख छ ।
पूर्वाञ्चल विश्वविद्यालय कला सङ्कायले आयोजना गरेको सम्मेलन शुक्रवार र शनिवार चलेको थियो । सम्मेलनमा साढे तीन दर्जन बढी अनुसन्धानात्मक लेख प्रस्तुत भएका थिए । मुख्यवक्ताको रूपमा प्राध्यापक करेन ग्राहम, चिरश्री घोष, डाक्टर मिनाक्षी दाहाल, डाक्टर अरुणा उप्रेती, किर्सटेन हुगेन, प्राध्यापक लोरेन वेब्राइटले प्रारम्भिक वाल विकास र यसको इकोसिस्टमका विषयमा मन्तव्य राख्नु भएको थियो । १२ वटा सत्रमा प्रारम्भिक वाल विकास इकोसिस्टमको विषयमा विज्ञहरूले छलफल गरेका थिए ।
सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, मालदिभ्स, अमेरिका, बेलायत लगायतका देशबाट आएका प्राध्यापक, शिक्षक, अनुसन्धाता, विषयविज्ञ, चिकित्सक, विद्यार्थी सहित तीन सयभन्दा बढी विज्ञहरूको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण