सुदूरपश्चिमले भित्र्यायो क्यानडाका बाजवा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब सुदूरपश्चिम रोयल्सले क्यानडाका अलराउन्डर दिलप्रित सिंह बाजवालाई भित्र्याएको छ । २१ वर्षीय खेलाडी दाँया हाते ब्याट्सम्यानका साथै अफब्रेक बलर हुन् ।
उनले १२ टी–२० अन्तर्राष्ट्रिय खेल्दै २ सय २४ रन बनाएका छन् । उनको उच्च स्कोर ५६ रन रहेको छ । उनले हालसम्म एक विकेट लिएका छन् । उनलाई रोहन मुस्तफाको स्थानमा टोलीले भित्र्याएको हो । उनीबाहेक टोलीमा विदेशी खेलाडीका रूपमा ब्रान्डन म्याकमुलेन, स्कट कुगेलेइन, सैफ अलि जेब रहेका छन् ।
ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक जगत टमटा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एक्टरः टेक वन’ नेपालसँगै विदेशमा पनि प्रदर्शन हुने
-
पर्वत केन्द्रबिन्दु भएर भूकम्प
-
कोशी मुख्य न्यायाधिवक्ताको कार्यालयले बुझायो सातौँ वार्षिक प्रतिवेदन
-
क्रान्तिको विरासत सम्हाल्न तयार हुँदै नयाँ पुस्ता
-
अखिल क्रान्तिकारीको निर्वाचन : सापकोटालाई समर्थन गर्दै योगेन्द्र बुढाले फिर्ता लिए उम्मेदवारी
-
राजनीति आवश्यकताको आधारमा कांग्रेस–एमाले नेतृत्वको सकरकार बनेको हो : उपप्रधानमन्त्री सिंह