सुदूरपश्चिमले भित्र्यायो क्यानडाका बाजवा
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) क्लब सुदूरपश्चिम रोयल्सले क्यानडाका अलराउन्डर दिलप्रित सिंह बाजवालाई भित्र्याएको छ । २१ वर्षीय खेलाडी दाँया हाते ब्याट्सम्यानका साथै अफब्रेक बलर हुन् ।
उनले १२ टी–२० अन्तर्राष्ट्रिय खेल्दै २ सय २४ रन बनाएका छन् । उनको उच्च स्कोर ५६ रन रहेको छ । उनले हालसम्म एक विकेट लिएका छन् । उनलाई रोहन मुस्तफाको स्थानमा टोलीले भित्र्याएको हो । उनीबाहेक टोलीमा विदेशी खेलाडीका रूपमा ब्रान्डन म्याकमुलेन, स्कट कुगेलेइन, सैफ अलि जेब रहेका छन् ।
ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको क्लब हो, सुदूरपश्चिम रोयल्स । ईम्पायर स्पोर्टस म्यानेजमेन्ट प्रालिले सुदूरपश्चिम रोयल्सको स्वामित्व एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा खरिद गरेको हो ।
सुदूरपश्चिम रोयल्सको मार्की खेलाडी भने दीपेन्द्रसिंह ऐरी हुन् । उनी राष्ट्रिय टोलीका प्रभावशाली अलराउन्डर पनि हुन् । सुदूरपश्चिम रोयल्सका प्रमुख प्रशिक्षक जगत टमटा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण