डे–नाइट टेस्ट : सङ्कटमा भारत
एडिलेड । एडिलेडमा गुलाबी बलले खेलिएको डे–नाइट टेस्टको दोस्रो दिन सकिएको छ । दिनको खेल समाप्त हुँदा भारतले १२८ रनमा पाँच विकेट गुमाएको थियो । भारतका कुनै पनि ब्याट्सम्यान क्रिजमा टिक्न सकेनन् ।
कप्तान रोहित शर्माले मात्र ६ रन र विराट कोहलीले ११ रन बनाए । अहिले ऋषभ पन्त र नितिश कुमार रेड्डी क्रिजमा छन् । दोस्रो दिनको खेलमा अस्ट्रेलियाले आफ्नो पहिलो इनिङ्समा ३ सय ३७ रन बनाएर अलआउट भएको थियो भने भारतमाथि पनि १५७ रनको अग्रता लिएको थियो ।
टेस्टमा भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । तर, भारतको पहिलो इनिङ्स १८० रनमा मात्र सीमित भयो । ब्याटिङमा आएको अस्ट्रेलियाले टोलीले राम्रो सुरुवात गरेको थियो । यद्यपि आयोजक टोलीको विकेट पनि नियमित अन्तरालमा खसिरहेको थियो ।
अस्ट्रेलियाका लागि ट्राभिस हेडले उत्कृष्ट शतक प्रहार गर्दै १४० रनको इनिङ्स खेले । यसबाहेक मार्नस लाबुस्चेनले पनि अर्धशतक प्रहार गर्दै ६४ रन बनाए ।
भारतका लागि जसप्रित बुमराह र मोहम्मद सिराजले ४–४ विकेट लिए । यदि भारतले दोस्रो इनिङ्समा ठुलो स्कोर बनाउन सकेन भने उसको हारको प्रबल सम्भावना छ । अस्ट्रेलिया विरुद्ध गुलाबी बलमा खेलेको डे–नाइट टेस्ट म्याचमा भारतको रेकर्ड निकै कमजोर रहेको छ ।
सन् २०२० मा एडिलेडमा गुलाबी बलबाट खेलिएको डे–नाइट टेस्टमा भारतीय टोली ३६ रनमा मात्र अलआउट भएको थियो । यो टेस्ट म्याचमा भारतको न्यूनतम स्कोर पनि हो।