नागार्जुनबाट ९ जना जुवाडेहरू पक्राउ
आइतबार, २३ मङ्सिर २०८१, १२ : ५२
काठमाडौँ । काठमाडौँको नागार्जुन नगरपालिका–३ स्थित गैरी गाउँबाट प्रहरीले ९ जना जुवाडेहरूलाई पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले रिड मोडल स्कुल नजिकै रहेको हर्कबहादुरको घरमा सञ्चालित जुवा खालबाट उनीहरूलाई पक्राउ गरेको हो ।
जुवाखालबाट २ लाख ९९ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए ।
पक्राउ पर्नेमा गोरखा घर भएका दोर्जे लामा, हर्कबहादुर गुरुङ, राजु गुरुङ, पेम्बा ग्याल्वो, थिले लामा, मनाङको चामे घर भएकी रञ्जना लामा र विजय माया गुरुङसहित ९ जना छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण