कर्मचारीतन्त्र खेलौनाजस्तो भएको छ : मुख्यसचिव अर्याल
काठमाडौँ । मुख्यसचिव एकनारायण अर्यालले कर्मचारीतन्त्र खेलौनाजस्तो भएको बताएका छन् । सोमबार निजामती विधेयकमाथि राज्यव्यवस्था समितिमा भएको छलफलमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘यो विधेयक पास नहुँदा समस्या सिर्जना भयो । राजनीतिक सङ्घीयता कार्यान्वयन भए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयन भएन ।’
उनले पछिल्लो समय जनता र सरकारबिच ग्याप सिर्जना भएको बताए । कर्मचारीमा उच्च मनोबल नहुँदा जनतालाई सेवा दिन नसकिएको बताउँदै त्यसैले यो विधेयक आवश्यक रहेको बताए । अर्यालले भने, ‘ कानुनको अभावमा स्थायी संयन्त्र भनिए पनि यो अस्थायी जस्तै भयो ।’
कानुन अभावले प्रदेश मन्त्रालयमा कर्मचारी खटाउन नसकिएको बताउँदै उनले अहिले २ सय जना कर्मचारीले पेन्सन पट्टा गर्न नपाएको बताए । मुख्यसचिव अर्यालले चाँडोभन्दा चाँडो विधेयक टुङ्गो लगाए सङ्घीयता कार्यान्वयन हुने बताउँदै त्यसो गरिए कर्मचारीतन्त्र पद्धतिगत ढङ्गले अघि बढ्ने बताए ।
उनले भने, ‘कर्मचारी तन्त्र खेलौनाजस्तो भएको छ । कर्मचारीतन्त्र बलियो नभए कसरी हुन्छ ? जनताले अपेक्षा गरे अनुसार कर्मचारीतन्त्र बनाउन यो विधेयक चाँडो टुङ्गो लागोस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण