रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न सांसद भण्डारीको आग्रह
आइतबार, २३ मङ्सिर २०८१, १५ : १९
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद चन्दा कार्की भण्डारीले पूर्वगृहमन्त्री रवि लामिछानेलाई विनाकारण हिरासतमा नराख्न आग्रह गरेकी छन् । आइतबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले आफूहरूले अनुसन्धान गर्नुहुँदैन नभनेको भन्दै विनाकारण हिरासतमा नराख्न आग्रह गरेकी हुन् ।
सांसद भण्डारीले लामिछानेलाई राति सुतेको बेला मध्यरातमा चितवनबाट पोखरा लगिएको भन्दै त्यसको विरोध पनि गरिन् । ‘ब्लडप्रेरेशर भएका बेलमा चितवनबाट पोखरा किन लगियो थाहा पाउनुपर्छ,’ उनले भनिन्,‘यो संविधान र मानवअधिकारको उलंंघन हो ।’
सांसद भण्डारीले कसैको ज्यान जोखिममा पार्ने अधिकार कसैसँग नभएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेदरल्यान्ड्स र जापानबिचको पहिलो हाफ गोलरहित बराबरीमा
-
अलोका कुकुरसहितको ‘शान्ति पदयात्रा’ टोली लुम्बिनीमा
-
असार महिनामा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
इतिहास रचेको कुरासाओमाथि जर्मनीको कहर: ७ गोल प्रहार गर्दै जर्मनीले देखायो आफ्नो शक्ति
-
जर्मनीको सानदार सुरुवात, कुरासाओ विरुद्ध ७–१ को विशाल जित
-
काइ हाभर्ट्जको व्यक्तिगत दोस्रो गोल, जर्मनी ७–१ को विशाल अग्रतामा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण