बशर अल असदको शासन पतनपछि विश्वभर सिरियनले मनाए खुसीयाली
सोमबार, २४ मङ्सिर २०८१, ०३ : ५०
काठमाडौं । बशर अल असदको शासन पतनलाई सिरियाली नागरिकहरुले खुसीयालीका रुपमा मनाएका छन् । इस्लामिक विद्रोहीहरु दमास्कस छिरेलगत्तै असदको शासन पतन भएको भन्दै सिरियनहरुले विश्वभर खुसीयाली मनाएको बताइँदै छ । जर्मनीको बर्लिन लगायतका शहरमा स्वस्फूर्त सभाहरु भएका छन् ।
सिरियाली विद्रोहीहरुले आफुहरुले आइतबार असदको शासनमाथि विजयी हासिल गरेको र अपदस्त राष्ट्रपति देशै छोडेर भागेको प्रतिक्रिया दिएका छन् । उनलाई मुख्य समर्थक रुसले आफ्नो मुख्य शहर मै राजनीतिक शरण दिएको स्वयं रुसी सञ्चारमाध्यमले जनाएका छन् ।
विपक्षी सेना दमास्कस प्रवेश गरेको सन् २०१८ यो पहिलो घटना थियो । सिरियाली विद्रोहीहरुले वर्षौको घेराबन्दीपश्चात राजधानी बाहिरका क्षेत्रमा बब्जा जमाएर मात्रै दमास्कस छिर्ने हिम्मत जुटाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?
-
अपाङ्ग संघले मनायो स्थापना दिवस
-
१२ बजे, १२ समाचार : कोशीका पूर्व मुख्यमन्त्री थापामाथि हातपातदेखि देउवा र ओलीबिच ‘डीप लभ’सम्म