मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु
सोमबार, २४ मङ्सिर २०८१, १२ : ३२
काठमाडौँ । मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर बारामा एक जना युवकको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-४ स्थित फुपाजुको घरमा आएका भारत मोतीहारी दरपा थाना नरकटिया गाउँ बस्ने १७ वर्षीय सहिल साहको करेन्ट लागेर आइतबार राति मृत्यु भएको हो ।
मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर साह गम्भीर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको हो ।
यता मोरङको सुनवर्षी नगरपालिका-४ चैत्ता बस्ने ३५ वर्षीया रेखा देवी सिंहको करेन्ट लागेर आइतबार साँझ मृत्यु भएको छ । आफ्नै घरको माथि टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको रंगेली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण