वैशाखबाट रियल टाइम बक्स अफिस सिस्टम लागू हुन्छ: दिनेश डिसी
काठमाडौँ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले आगामी वैशाख एकबाट रियल टाइम बक्स अफिस सिस्टम लागु हुने बताएका छन् । यो बक्स अफिसले चलचित्र क्षेत्रलाई व्यवस्थित गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष डिसीले अव स्टुडियो निर्माणको काम पनि अगाडि बढ्ने बताए । ‘सातदेखि १० दिनभित्रमा स्टुडियोको टेन्डर खोल्दै छौँ । यो पहिलादेखि रोकिएको थियो’, डिसीले भने ‘यो बिचमा २१ वटा सिनेमा हलहरूलाई कानुनको दायरामा ल्याउने काम हुन्छ ।’ डिसीले चलचित्र क्षेत्रमा देखिएका विविध समस्या समाधान गर्न आफूलाई सबैको साथ आवश्यक रहेको बताए ।
बोर्डले यसअघि बक्स अफिस सिस्टम लागु गरेर कुन चलचित्रले कति व्यापार गर्यो भनेर सार्वजनिक गर्दै आएको थियो । तर, चलचित्र निर्माताहरुले आफ्नो फिल्मको व्यापार सार्वजनिक गरिदिएको भन्दै गुनासो गरेपछि तत्कालीन बोर्ड अध्यक्ष भुवन केसीले बक्स अफिस रिपोर्ट सार्वजनिक गर्न रोकिदिएका थिए । त्यसपछि बक्स अफिसको कुरा गर्दा सिस्टम बिग्रिएको भन्ने गरिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण