देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको छ ।
सिमेन्ट,डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न पुन सरकारलाई ध्यानाकर्षण गराए गराउँदै सोमबार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघका अध्यक्ष सिंहले निर्माण सिजनमा निर्माण सामग्रीको कार्टेलिङ गरी अत्यधिक मूल्यवृद्धि गरिएको र सो मूल्यवृद्धि खारेजीका लागि पहल गरिरहेको बताए । यसै गरी मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी समेत दिएका छन् ।
‘सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री राजन पौडेलज्यूलाई भेटी सिमेन्ट डण्डी लगायतका निर्माण सामग्रीमा कार्टेलिङ गर्दै हालै भएको अत्यधिक मूल्यवृद्धि अविलम्ब खारेजीका लागि तत्काल आवश्यक पहल गरिदिन ध्यानाकर्षण गराएको छ,’ सिंहले भने, ‘मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जान बाध्य हुने जानकारी समेत महासंघ प्रतिनिधिमण्डलले गराएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनगढीमा अत्यधिक विषादीयुक्त २ हजार बढी किलोग्राम आँप नष्ट
-
राजावादी प्रदर्शनका क्रममा पक्राउ परेका कमल थापा र दिपक सिंहलाई रिहा गरिँदै
-
प्रशासनको एक्सनः तीन ठाउँबाहेक राजावादीलाई अन्य स्थानमा प्रदर्शन गर्न रोक
-
‘एउटा राष्ट्रवादी र विचारको अन्त्य’
-
भोलि उपत्यका बन्द गर्ने राजावादीको घोषणा
-
त्रिविमा स्ववियु निर्वाचनअघि रोकिएको विद्यार्थी भर्ना खोल्ने विषयमा विवाद चर्किंदै