देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी
काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीको मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी दिएको छ ।
सिमेन्ट,डन्डीलगायतका निर्माण सामग्रीको मूल्यवृद्धि खारेज गर्न पुन सरकारलाई ध्यानाकर्षण गराए गराउँदै सोमबार महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेललाई ज्ञापन पत्र बुझाएको हो ।
महासंघका अध्यक्ष सिंहले निर्माण सिजनमा निर्माण सामग्रीको कार्टेलिङ गरी अत्यधिक मूल्यवृद्धि गरिएको र सो मूल्यवृद्धि खारेजीका लागि पहल गरिरहेको बताए । यसै गरी मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जाने चेतावनी समेत दिएका छन् ।
‘सोमबार वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक श्री राजन पौडेलज्यूलाई भेटी सिमेन्ट डण्डी लगायतका निर्माण सामग्रीमा कार्टेलिङ गर्दै हालै भएको अत्यधिक मूल्यवृद्धि अविलम्ब खारेजीका लागि तत्काल आवश्यक पहल गरिदिन ध्यानाकर्षण गराएको छ,’ सिंहले भने, ‘मूल्यवृद्धि खारेज नभए देशभरका निर्माण व्यवसायीहरू काम ठप्प पारी कन्स्ट्रक्सन होलिडेमा जान बाध्य हुने जानकारी समेत महासंघ प्रतिनिधिमण्डलले गराएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण