बेलायती विदेशमन्त्रीले ‘बशर अल असदलाई किन भने ‘राक्षस’ ?
काठमाडौं । बेलायती विदेशमन्त्री डेभिड लमीले अपदस्त सिरियाली राष्ट्रपति बशर अल असदलाई ‘राक्षस’ अर्थात् मोन्स्टरको संज्ञा दिएका छन् । असदलाई ‘राक्षस’को संज्ञा दिँदै उनले ‘असदको पतन सहयोगी रुस र इरानका लागि अपमानजनक भएको’ प्रतिक्रिया दिएका छन् ।
बेलायतले कयौँ दैदीलाई असद शासनले भूमिगत कैदखानामा राखेर चरम यातना दिएको आरोप लगाएको छ । असदको प्रत्यक्ष शासनकालमा कयौं सिरियालीहरु बेपत्ता पारिएको बताइन्छ ।
सिरियाको मुख्य राजधानी दमास्कसमा हयात तहरिर अल शाम (एचटीएस) नामक विद्रूोही संगठनले कब्जा जमाएपछि असद भागेर रुसको शरणमा पुगेका छन् । असद अपदस्त भएसँगै सिरियाको भविष्यलाई लिएर चिन्ता गर्न थालिएको छ । जसमा आप्रवासनको विषय मूल मुद्दा बनिरहेको छ ।
विस्थापित सयौं सिरियाहरुको घर फिर्तिको मुद्दा प्रमुख बनिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लेबनानका सरकारी समाचार एजेन्सीले कयौं सिरियालीहरु लेबनान प्रवेशको प्रयासमा रहेको भनी खबर प्रकाशित गरेका छन् । विस्थापित सिरियालीहरु लेबनान प्रवेश गर्न खोजिरहेका फोटो भिडियोहरु समेत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण