बेलायती विदेशमन्त्रीले ‘बशर अल असदलाई किन भने ‘राक्षस’ ?

काठमाडौं । बेलायती विदेशमन्त्री डेभिड लमीले अपदस्त सिरियाली राष्ट्रपति बशर अल असदलाई ‘राक्षस’ अर्थात् मोन्स्टरको संज्ञा दिएका छन् । असदलाई ‘राक्षस’को संज्ञा दिँदै उनले ‘असदको पतन सहयोगी रुस र इरानका लागि अपमानजनक भएको’ प्रतिक्रिया दिएका छन् ।
बेलायतले कयौँ दैदीलाई असद शासनले भूमिगत कैदखानामा राखेर चरम यातना दिएको आरोप लगाएको छ । असदको प्रत्यक्ष शासनकालमा कयौं सिरियालीहरु बेपत्ता पारिएको बताइन्छ ।
सिरियाको मुख्य राजधानी दमास्कसमा हयात तहरिर अल शाम (एचटीएस) नामक विद्रूोही संगठनले कब्जा जमाएपछि असद भागेर रुसको शरणमा पुगेका छन् । असद अपदस्त भएसँगै सिरियाको भविष्यलाई लिएर चिन्ता गर्न थालिएको छ । जसमा आप्रवासनको विषय मूल मुद्दा बनिरहेको छ ।
विस्थापित सयौं सिरियाहरुको घर फिर्तिको मुद्दा प्रमुख बनिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । लेबनानका सरकारी समाचार एजेन्सीले कयौं सिरियालीहरु लेबनान प्रवेशको प्रयासमा रहेको भनी खबर प्रकाशित गरेका छन् । विस्थापित सिरियालीहरु लेबनान प्रवेश गर्न खोजिरहेका फोटो भिडियोहरु समेत सार्वजनिक भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशी प्रदेशको बर्खे अधिवेशन जेठ ४ देखि
-
सुनको मूल्य तोलामा १ हजार ७०० बढ्यो, कतिमा हुँदैछ कारोबार ?
-
जमिनमुनि भासिएको गाडीको अध्ययन सुरु
-
आठ वर्षपछि घरेलु मैदानमा पाँचपटकको च्याम्पियन चेन्नईलाई हराउने धुनमा साबिक विजेता कोलकाता
-
आन्दोलनको स्वरूप फेर्ने तयारीमा एकीकृत समाजवादी
-
भाषाले कानुन पाएको छ, अब न्याय पाउनु छ