रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले गरे पर्सामा प्रदर्शन
मङ्गलबार, २५ मङ्सिर २०८१, १३ : २२

पर्सा । रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाका कार्यकर्ताले पर्सामा प्रदर्शन गरेका छन् ।
सरकारी वकिल कार्यालय पर्सामा लामिछानेको बयान भइरहँदा उनका समर्थकहरूले मंगलबार पर्साको वीरजन्गमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले राजनीतिक प्रतिशोध विरुद्धको सशक्त आन्दोलन भन्दै प्रदर्शनसहित विरोध र्याली समेत निकालेका छन् । प्रदर्शनमा सहभागीहरूले ‘रवि लामिछानेलाई न्याय दे, जनता झुक्काउन पाइँदैन, राजनीति प्रतिशोध बन्द गर’ लगायतका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।
पर्साको सानोपाइला सहकारीको रकम अपचलनका विषयमा बयान लिन लामिछानेलाई सोमबार नै पर्सा लगिएको थियो ।
सानोपाइला सहकारीको रकम अपचलन आरोपमा लामिछानेसहित १४ जनाविरुद्ध मंसिर १९ गते पर्सा जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला फुटबल खेलाडी साम्बाको सम्मानमा नामकरण भयो ‘साम्बाचोक’
-
प्रदेश सरकारमा दम्भ छ : नेता जम्कट्टेल
-
हुम्ला अपडेट : जोखिममा रहेका घरपरिवारलाई सुरक्षित स्थानमा सारियो, सशस्त्र प्रहरी परिचालन
-
समयानुकूल कानुन नहुँदा काम गर्न समस्या भयो: मुख्यमन्त्री लामा
-
६ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक तय
-
तीनकुनेको घटना अपराधकर्म हो, धर्मसँग जोडेर नहेरौँ : गृहमन्त्री