रविसँग झण्डै ५ घण्टा बयान लिइयो
मङ्गलबार, २५ मङ्सिर २०८१, १४ : ४१
वीरगन्ज । जिल्ला सरकारी वकिलको कार्यालय पर्साले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग मंगलबार करिब ५ घण्टा बयान लिएको छ । जिल्ला सरकारी वकिलको कार्यालयमा बिहान ९ बजेदेखि सुरु भएको बयान आजका लागि सकिएको हो ।
जिल्ला सरकारी वकिल कार्यालयका मुख्य न्यायधिवक्ता भोलानाथ निरौलाले सभापति लामिछानेसँग करिब ५ घण्टा बयान गरेको जानकारी दिए । उनले अब लामिछानेसँग लिखित बयान हुने जानकारी दिए ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेमाथि अनुसन्धान नसकिएकाले उनलाई मंगलबार पनि पर्सा प्रहरी कै हिरासतमा राखिने प्रहरी स्रोतले जनाएको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोप लागेपछि प्रहरीले अनुसन्धान थालेको हो । लामिछानेसहित १४ जनामाथि अनुसन्धान गर्न पर्सा जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण