इस्कोनद्वारा जोमसोम कारागारमा श्रीमद्भगवद्गीता यथारूप वितरण
मुस्ताङ । गीता जयन्तीको अवसर पारेर कारागार कार्यालय जोमसोममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनानामृत संघ ( इस्कोन नेपाल) बागलुङ शाखाको आयोजनामा श्रीमद्भगवद्गीता यथारूप वितरण गरिएको छ। विभिन्न व्यक्तिहरूबाट प्रायोजित श्रीमद्भगवद् गीता कारागारका कैदीबन्दीहरुलाई वितरण गरिएको हो ।
गीतामा अर्जुनका माध्यमबाट भगवान् श्रीकृष्णले सिकाएको अस्तित्वको अर्थले धेरैको जीवन परिवर्तन गरेका उदाहरणहरू प्रयाप्त पाइन्छन्। देश-विदेशमा पनि कारागारमै गीता पढेरै धेरैले जीवन परिवर्तन गरेको इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरिधारी दासले बताए।
कार्यक्रममा बोल्दै इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले द्वन्द्व, अराजकता, सम्बन्धमा तिक्तता र निराशा बढ्दै गएको नेपाल लगायत विश्व समुदायमा गीताको ज्ञान एकमात्र आशाको किरण रहेको बताए। विशेष गरेर गीता जयन्तीको महिना पारेर इस्कोनले विश्वव्यापी रूपमा श्रीमद्भगवद् गीता वितरण कार्यक्रम- डिसेम्बर म्याराथन- लाई विशेष रूपमा मनाउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यनारायणको बार आज कसलाई कति फलदायी ? हेर्नुहोस् राशिफल
-
आजदेखि पोखरामा दाइँ महोत्सव
-
घरेलु मैदानमा आर्सनललाई घाटा
-
ला लिगामा शीर्ष क्लब एटलेटिको मड्रिडलाई झट्का
-
प्रिमियर लिगमा लिभरपुललाई थप सफलता, नुनेजले ३ मिनेटमा गरे दुई गोल
-
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाले बोलायो केन्द्रीय समिति बैठक, के छन् एजेण्डा ?