इस्कोनद्वारा जोमसोम कारागारमा श्रीमद्भगवद्गीता यथारूप वितरण
मुस्ताङ । गीता जयन्तीको अवसर पारेर कारागार कार्यालय जोमसोममा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनानामृत संघ ( इस्कोन नेपाल) बागलुङ शाखाको आयोजनामा श्रीमद्भगवद्गीता यथारूप वितरण गरिएको छ। विभिन्न व्यक्तिहरूबाट प्रायोजित श्रीमद्भगवद् गीता कारागारका कैदीबन्दीहरुलाई वितरण गरिएको हो ।
गीतामा अर्जुनका माध्यमबाट भगवान् श्रीकृष्णले सिकाएको अस्तित्वको अर्थले धेरैको जीवन परिवर्तन गरेका उदाहरणहरू प्रयाप्त पाइन्छन्। देश-विदेशमा पनि कारागारमै गीता पढेरै धेरैले जीवन परिवर्तन गरेको इस्कोन बागलुङका अध्यक्ष जगतगुरु गिरिधारी दासले बताए।
कार्यक्रममा बोल्दै इस्कोन नेपालका अध्यक्ष परमेश्वर अच्युत दासले द्वन्द्व, अराजकता, सम्बन्धमा तिक्तता र निराशा बढ्दै गएको नेपाल लगायत विश्व समुदायमा गीताको ज्ञान एकमात्र आशाको किरण रहेको बताए। विशेष गरेर गीता जयन्तीको महिना पारेर इस्कोनले विश्वव्यापी रूपमा श्रीमद्भगवद् गीता वितरण कार्यक्रम- डिसेम्बर म्याराथन- लाई विशेष रूपमा मनाउँदै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण