माओवादीको स्थायी समिति बैठकमा के–के छन् एजेन्डा ?
काठमाडौँ । केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बिहीबार बस्दैछ । पार्टीको केन्द्रीय कार्यालय पेसिरडाँडामा दिउँसो ३ बजे बैठक बस्ने सचिव चक्रपाणि खनालले जानकारी दिए ।
यसअघि मङ्सिर २० गते बसेको पदाधिकारी बैठकले एजेन्डामाथि थप छलफल गर्न स्थायी समिति बैठक बोलाएको थियो । बैठकले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्ने राजनीतिक दस्ताबेज, पूर्व उपराष्ट्रपति नन्दकिशोर पुनको जिम्मेवारी लगायत विषयमा छलफल हुने सचिव खनालले बताए ।
‘अध्यक्षले केन्द्रीय समिति बैठकमा पेस गर्ने राजनीतिक दस्ताबेज, बैठकको तयारी, पासाङजीलाई जिम्मेवारी लगायत विषयमा छलफल हुनेछ’, रातोपाटीसँग उनले भने ।
साथै पार्टी एकता, विधान कार्यदलले तयार गरेको प्रतिवेदन सम्बन्धमा समेत छलफल हुने उनले जानकारी दिए । माओवादीको केन्द्रीय समिति बैठक पुस २ देखि ७ गतेसम्म बोलाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण