गाजा र घरेलु मदिराको ब्रान्डिङ गर्ने विषयलाई तत्काल कानुनी रूप दिन जरुरी छ : महत
काठमाडौँ । सांसद प्रकाशशरण महतले लगानीमा अहिले पनि समस्या रहेको बताएका छन् । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिमा बुधवार भएको छलफलमा बोल्दै उनले लगानीको वातावरणका लागि कानुनले बाधा सिर्जना गरेको बताए।
‘त्यसकारण लगानी आउन सकेको छैन । यस्ता कानुन सरकारले संशोधन गरिनुपर्छ,’ सांसद महतले भने- ‘अन्तर्राष्ट्रिय लगानीको प्रतिस्पर्धा ठुलो छ । सबै नेपालमै लगानी गर्न आउँछन् भन्ने छैन त्यसैले सहज वातावरण बनाउनुपर्छ ।’
कन्ट्रिरेटिङको प्रावधानले विदेशी लगानीकर्तालाई लगानी गर्ने वातावरण सिर्जना गरिदिएको उनको भनाइ छ । यसैगरी गाजा र घरेलु मदिराको ब्रार्ण्डिङ गर्दा राजस्व सङ्कलनमा सुधार हुनकासाथै देशमा रोजगारी सिर्जना हुने बताए ।
‘गाजा र घरेलु मदिराको ब्रार्ण्डिङ गर्ने कुरा अहिलेसम्म अड्किएको छ । हाम्रो देशमा सहज उत्पादन गर्न सकिने अवस्था छ तर कानुनी प्रावधान हटाएर छिटोभन्दा छिटो सहज बनाउनुपर्छ,’ उनले भने, ‘यसका लागि कानुनी रूप चाँडै दिन जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण