विद्यार्थी नेता धामीको स्मृतिमा अनेरास्ववियूद्वारा ५१ हजार राशिको पुरस्कार घोषणा
बिहीबार, २७ मङ्सिर २०८१, १० : ५८
काठमाडौँ । अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवंम अनेरास्ववियू हिस्ट इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष डम्बर धामीको स्मृतिमा ५१ हजार राशिको पुरस्कार घोषणा गरिएको छ ।
अनेरास्ववियूले पूर्वाञ्चल विश्वविद्यालयबाट बीई सिभिलमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीलाई उक्त पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले धामीको १२ औँ पुण्यतिथिको अवसरमा पुरस्कारको घोषणा गरेका हुन् ।
मङ्सिर ४ गते डडेलधुरामा सडक दुर्घटनामा परी गम्भीर घाइते भएका धामीको उपचारको क्रममा १४ गते निधन भएको थियो । १२ औँ पुण्यतिथिको अवसरमा अनेरास्ववियूले बुधबार शंकरदेव क्याम्पसमा शोकसभाको आयोजना समेत गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण