असुरक्षित यौन सम्पर्कले मात्रै होइन, यी अवस्थामा पनि एचआईभी हुन सक्छ
काठमाडौँ । असुरक्षित यौन सम्पर्कका कारण एचआईभी सङ्क्रमणका हुने कतिपयको बुझाइ छ । तर, यो मात्रै कारण नभई अन्य विभिन्न कारणले पनि एचआईभी सङ्क्रमण हुनसक्छ ।
नेपालमा एचआईभी सङ्क्रमणको उच्च जोखिममा रहेका समूहहरू सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू, यौनकर्मी, जेलमा रहेका कैदीहरू, पुरुष समलिङ्गीहरू तथा तेस्रोलिंगीहरु र रोजगारीका लागि बिदेसिनेहरू रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले उल्लेख गरेको छ । यी मध्ये सुईद्वारा लागूपदार्थ प्रयोग गर्नेहरू र पुरुष समलिङ्गी यौनकर्मीहरूमा संक्रमणदर अन्यको तुलनामा जोखिम बढी रहेको केन्द्रको भनाइ छ ।
सन् २०२० को राष्ट्रिय सर्वेक्षण अनुसार नेपालमा सुईद्वारा लागू पदार्थ प्रयोग गर्नेहरूमा ३ प्रतिशतका दरले एचआईभीको सङ्क्रमण रहेको पाइएको छ । यसै गरी सन् २०१७/२०१८ मा भएका सर्वेक्षणहरू अनुसार महिला यौनकर्मीहरूमा २२ प्रतिशत र पुरुष समलिङ्गीहरूमा ६.२ प्रतिशतका दरले एचआईभीको सङ्क्रमण रहेको पाइएको छ । सन् २०२४ मा सम्पन्न राष्ट्रिय सर्वेक्षण अनुसार भारतमा कामदार नेपालीहरूमा एचआईभीको सङ्क्रमण ०.२ प्रतिशत रहेको पाइएको केन्द्रले जनाएको छ ।
नेपालमा ३० हजार ३ सय जनालाई एचआईभी भएको अनुमान गरिएको छ । यो तथ्याङ्क सन् २०२३ को हो । यसमध्ये वयस्क जनसङ्ख्याको ०.११ प्रतिशत सङ्क्रमण दर रहेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्याङ्क छ । यसमध्ये २४ हजार ७९३ ले ‘एआरटी’ सेवन गरी उपचार गराइरहेका केन्द्रले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण