छत्तीसगढ : प्रहरीसँगको भिडन्तमा सात सन्दिग्ध माओवादी मारिएको दाबी
छत्तीसगढ । माओवादी प्रभावित भारतको छत्तीसगढको नारायणपुरमा प्रहरीले भिडन्तमा सात सन्दिग्ध माओवादी मारिएको दाबी गरेको छ । माओवादी मारिनेको सङ्ख्या अझ बढी हुनसक्ने प्रहरीले बताएको छ ।
यस भिडन्तबारे छत्तीसगढका मुख्यमन्त्री विष्णुदेव साईले भने,‘हाम्रो सुरक्षा बलले नक्सलवादीविरुद्धको अपरेसनमा सात जनालाई मार्न सफल भएको छ।’
यो भिडन्त यस्तो समयमा भएको हो जब गृहमन्त्री अमित शाह तीन दिनपछि बस्तर पुग्न लागेका हुन् ।
बस्तरका आईजी सुन्दरराज पीका अनुसार डिसेम्बर १० मा, नक्सलविरोधी खोज अभियानमा, नारायणपुर, दन्तेवाडा, जगदलपुर, कोंडागाउँ जिल्लाको डीआरजीसँग एसटीएफ र सीआरपीएफको संयुक्त टोली दक्षिण अबुझमद क्षेत्रको लागि प्रस्थान गरेको थियो। आज बिहान ३ बजेदेखि संयुक्त सुरक्षा बलको टोली र नक्सलवादीबिच भिडन्त जारी छ । सुन्दरराजले भने, ‘अहिलेसम्मको खोज अभियानमा सात नक्सलवादीको शव बरामद गरिएको छ।’
प्रहरीका अनुसार यस अभियानमा एक हजारभन्दा बढी सैनिक संलग्न छन् । प्रहरीका अनुसार अहिले पनि भिडन्त र खोजी कार्य जारी छ । यस भिडन्तमा नेकपा माओवादी केन्द्रीय समितिका एक सदस्यको पनि मृत्यु हुन सक्ने प्रहरी अधिकारीहरूले आशङ्का व्यक्त गरेका छन् । यद्यपि मारिएका सन्दिग्ध माओवादीको भने अन्तिम सनाखत हुन सकेको छैन ।
छत्तीसगढमा माओवादीविरुद्ध प्रहरीले निरन्तर अभियान चलाइरहेको छ । यो वर्ष अहिलेसम्म प्रहरीले भिडन्तमा २ सय १५ जनाभन्दा बढी माओवादी मारिएको दाबी गरेको छ । छत्तीसगढ छुट्टै राज्य बनेपछिको यो सबैभन्दा ठुलो सङ्ख्या हो। -बीबीसी हिन्दी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
-
पूर्वी अफगानिस्तानमा बाढीबाट ४० भन्दा बढीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण