यो साता सेयर बजार १.९ प्रतिशत घट्यो, धेरै गुमाउनेमा जीवन बिमा कम्पनी
काठमाडौँ । समग्रमा यो साताको सेयर बजार परिसूचक १.९ प्रतिशतले घटेको छ । गत साता २७३४.९३ अंकमा रहेर बजार बन्द भएको थियो । हिजो बिहीबार २६८२.२९ अंकमा झरेको छ । यसरी साताभरमा बजार १.९ प्रतिशतले ओरालो लाग्यो ।
गएको साता समग्रमा बजार ०.५ प्रतिशतले घटेको थियो । सातामा पाँच दिन कारोबार हुँदा एक दिन मात्रै बजार बढ्यो भने चार दिन घटेको छ । यो साता सेयर किन्नेहरू कम देखिए ।
साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेको थियो । सोमबार १२.८४ र मंगलबार ६.३२ अंकले बजार घट्न पुग्यो । बुधबार भने ४५.८८ अंकले बजार बढेको थियो । हिजो, बिहीबार पुनः ३३.४२ अंकले घट्न पुग्यो ।
यो साता कारोबार रकम पनि लगातार ओरालो लाग्यो । आइतबार ७ अर्ब ३५ करोडको कारोबार भएको थियो । सोमबार ५ अर्ब ५६ करोड, मंगलबार ४ अर्ब ३६ करोड, बुधबार ४ अर्ब ९५ करोडको कारोबार भयो । बिहीबार भने थोरै बढेर ६ अर्ब ८५ लाखको कारोबार भएको छ ।
यो साता उत्पादनबाहेक सबै उपसमूहका सूचक घटे । सबैभन्दा धेरै जीवन बिमा उपसमूहको सूचक घटेको छ । यो उपसमूह ५.८८ प्रतिशतले घट्यो भने फाइनान्स ३.२ प्रतिशत, बैंकिङ ०.९० प्रतिशत र हाइड्रोपावर १.९ प्रतिशतले घट्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल
-
कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित
-
चिनियाँ एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक: चीन
-
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु
-
अवैध काठ र ढुङ्गा ओसार्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
-
चरित्रहत्याको प्रयासविरुद्ध कथावाचिका राधिका दासीको आक्रोश: निष्पक्ष अनुसन्धान र न्यायको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण