‘गर या मर’ को खेलमा पोखराद्वारा काठमाडौँसामु १ सय ३९ रनको लक्ष्य प्रस्तुत
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) प्लेअफमा पुग्ने आसा जीवित राख्नका लागि गर या मरको खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजसामु जितका लागि १ सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । शनिबार त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय मैदानमा भएको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३८ रन बनाएको हो ।
_UA1DYgbMI0.jpg)
टोलीका लागि ओपनर दिनेश खरेलले ३८ रनको योगदान दिए । उनले २५ बलमा ६ चौका र १ छक्का प्रहार गरे । उनले छैटौँ ओभरमा रसिद खानको बलिङमा लगातार चार चौका प्रहार गरेका थिए । तर, अन्तिम बलमा उनले आउट हुन पुगे ।
_kkekYt6Vm2.jpg)
पोखराको सुरुवात भने राम्रो हुन सकेन । टोलीका लागि सर्वाधिक रन बनाएका आन्द्रियस गाउस दोस्रो ओभरमा शून्य रन बनाएर आउट भए । त्यसपछि खरेलले पावरप्लेमा टोलीलाई राहत दिए । तर, उनले आउट भएलगत्तै कप्तान कुशल भुर्तेल पनि ७ रन बनाएर पभेलियन फर्किए ।
_dLkVPaM6Yh.jpg)
कुशल आउट भएपछि पोखराले नियमितरुपमा विकेट गुमाउँदै गायो । दिलीप नाथले २४ बलमा २७ रन बनाए । उनले २ छक्का प्रहार गरे । अन्त्यतिर, रेमन रिफरले तीव्र गतिमा रन बनाउँदै सर्वाधिक ४१ रनको योगदान दिए । उनले ३० बलमा १ चौका र ३ छक्का हिर्काए ।
_YW40j0LJuM.jpg)
काठमाडौँका लागि कप्तान करन केसी र रसिद खानले ३–३ विकेट लिए । केसीले ४ ओभर बलिङ गर्दै मात्र २४ रन खर्चिए । प्रतियोगितामा उनको विकेट सङ्ख्या ११ पुगेको छ । जेरहार्ड इरास्मस र माइकल लेभिटले १–१ विकेट लिए ।
_Ugy49tI6el.jpg)
काठमाडौँ र पोखरा दुवैको यो छैटौँ खेल हो । यसअघि दुवै टोलीले खेलका ५ खेलमध्ये २ मा जित र ३ मा हार बेहोरेको छन् । समान ४ अङ्क बटुलेका दुई टोली छैटौँ र सातौँ स्थानमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026