आर्थिक अवस्था खुम्चिएकाले आम नागरिकमा मनबोल बढेन : अध्यक्ष ढकाल
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको वर्तमान आर्थिक अवस्था खुम्चिएकाले आम नगरिकमा मनबोल नबढेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवम् सातौँ महासभामा बोल्दै अध्यक्ष ढकालले वर्तमान आर्थिकले अर्थतन्त्र खुम्चिएको उक्त समस्याले आम नागरिकको मनोबल घटाएको बताएका हुन् ।
उनले केही समय अघि सबैले नेपाल श्रीलङ्काजस्तो हुने कुरा भने पनि आफूले त्यो बेला नेपाल श्रीलङ्काजस्तो हुँदैन भनेर दाबी गरेको र अहिले थोरै भए पनि अर्थतन्त्रमा चलायमान भएको बताए ।
अध्यक्ष ढकालले भने– ‘आयातमा प्रतिबन्ध लगाउनुका कारण अहिले समस्या आएको छ। वैदेशिक मुद्राको सञ्चिति मात्र बढाउने कामले अर्थतन्त्र बलियो हुँदैन।’ उनले अर्थतन्त्र चलायमान नहुँदा यो समस्याको मूल कारण सबै निकायको हात रहेको र सरकारले लिएका नीतिहरूले यस अवस्थाको निर्माण गरेको जनाए।
अध्यक्ष ढकालले भने, ‘हामीले एक अर्कोलाई दोष लगाएर अघि बढ्न सक्दैनौँ। यस समस्याको समाधान गर्न सबै निकायको सहकार्य आवश्यक छ।’ उनले उद्योग क्षेत्रहरू धराशायी भई व्यवसायीहरूले समयमा ब्याज तिर्न नसकेको र त्यसको परिणामस्वरूप कालो सूचिमा परेको उल्लेख गरे।
अध्यक्ष ढकालले निजी क्षेत्रका कामहरूको महत्त्व र भविष्यका योजनाबारे सरकारलाई ध्यानाकर्षण गराएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण