राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भयो : मन्त्री गुरुङ
काठमाडौँ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राजनीतिक अस्थिरताका कारण नेपालको अर्थतन्त्रमा समस्या उत्पन्न भएको बताएका छन्। नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) को १५ औँ वार्षिक साधारण सभा एवं सातौँ महासभामा बोल्दै उनले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रमा अड्चन आएको उल्लेख गर्दै दुई प्रमुख दलको सरकारले समस्याहरूको समाधान खोज्न सुरु गरेको बताए।
मन्त्री गुरुङले राजस्व सङ्कलनमा समस्या आएको स्वीकार गर्दै भने, 'अर्थतन्त्रमा राजस्व इच्छाएको अनुसार उठ्न सकिरहेको छैन। भन्सार राजस्व भनेको अर्थतन्त्रको मुख्य स्रोत हो, र आयातमा गिरावट आएकोले यसले राजस्व र पुँजीगत खर्चमा असर पुर्याएको छ।' उनले सरकारको आगामी कार्यहरूमा सुधारका लागि प्रधानमन्त्रीले सार्वजनिक खरिद ऐनमा संशोधन र नयाँ ऐन ल्याउनका लागि विभिन्न मन्त्रालयलाई निर्देशन दिएका बताए।
उनले नीतिगत स्थिरता नहुनु नै अर्थतन्त्रको समस्याको मुख्य कारण भएको र सरकार जनताप्रति उत्तरदायी हुनुपर्नेमा जोड दिएका छन्। उनले भने, 'यो सरकार उत्तरदायी देखिन्छ, तर अझै प्रयास गर्न बाँकी छ',मन्त्री गुरुङले आर्थिक सङ्कटको प्रमुख कारण नियमनकारी निकायहरूको कठोर नीतिलाई आरोप लगाउँदै भने,'सहजीकरण गर्नुपर्ने अवस्थामा कठिन नियमन काम गलत हो।'
यस्तै, नेपाल आर्थिक पत्रकार सङ्घका अध्यक्ष मोदनाथ ढकालले पत्रकारहरूको क्षमता वृद्धिका लागि तालिम र छलफलहरूको महत्त्वमा जोड दिएका छन् र यसका लागि आवश्यक सहयोगको अपिल गरे। यसैबिच, शारदादेवी–ढुण्डीराज पुरस्कारका दाता रमेशकुमार भट्टराई र नाफिज–सीबीफीन बैकिङ पत्रकारिता पुरस्कारका दाता सिविफिनका अध्यक्ष उपेन्द्र पौडेलले पत्रकारिताको महत्त्व र वर्तमान अवस्थाबारे आ-आफ्नो धारणा व्यक्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण