समाचार
बागमती किनारमा महिलाद्वारा आत्मदाहको प्रयास
शनिबार, २९ मङ्सिर २०८१, १५ : ०१
काठमाडौँ । काठमाडौँको बागमती नदी किनारमा एक महिलाले आत्मदाहको प्रयास गरेकी छन् । शनिबार मध्यान्ह करिब १२ बजेर ३ मिनेट जाँदा ती महिलाले कागेश्वरी मनोहरा नगरपालिका–८ किरातचोक नजिकै रहेको खाली जमिनमा आत्मदाहको प्रयास गरेकी हुन् ।
प्रहरीका अनुसार महिलाको पहिचान चितवन रत्ननगर नगरपालिका–१२ घर भएकी ३८ वर्षीया कमला आचार्य रहेको खुलेको छ । उनी हाल बौद्धको नारायाणटारमा डेरा गरेर बस्दै आएकी थिइन् । प्रहरीका अनुसार उनी बा ३५ प ५८१८ नम्बरको स्कुटरमा आएर आफैले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । उनी घटनामा गम्भीर घाइते भएकी छन् ।
उनलाई तत्कालै उपचारका लागि शंखरापुरस्थित सुष्मा कोइराला मेमोरियल अस्पताल लगिएको थियो । उनको शरीरका विभिन्न भाग जलेको छ । उनी घाइते भई बोल्न नसक्ने अवस्थामा छिन् । यसबारे थप अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण