स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रम जारी
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनाका बारेमा शनिबार पनि छलफल भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल भएको हो ।
स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ ।
शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ती राई, गङ्गालाल तुलाधर, चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् ।
उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा धारणा राखेको पार्टी नेता जगन्नाथ खतिवडाले जानकारी दिए र
अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरूले जनाएका छन् । स्थायी कमिटीको बैठक आइतबार सम्पन्न गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण