स्थायी कमिटीको बैठकमा धारणा राख्ने क्रम जारी

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकमा केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनाका बारेमा शनिबार पनि छलफल भएको छ । पार्टी कार्यालय आलोकनगरमा बसेको बैठकमा आगामी कार्ययोजनाका साथै कार्यविभाजनका विषयमा छलफल भएको हो ।
स्थायी कमिटीका सदस्यहरूले पार्टीको आगामी कार्ययोजना निर्माण गर्ने विषयमा आफ्ना धारणाहरू प्रस्तुत गरेको नेकपा समाजवादीले जनाएको छ ।
शनिबार बैठकमा जगन्नाथ खतिवडा, जयन्ती राई, गङ्गालाल तुलाधर, चन्द्र बहादुर शाही, कल्याणी खडका लगायतले धारणा राखेका छन् ।
उनीहरूले पार्टीका नीतिको प्रचार गर्ने, पार्टीको सुदृढीकरण गर्ने, आगामी निर्वाचनहरूमा सानदार विजय प्राप्त गर्ने र राजनीतिक तथा भूराजनीतिक चुनौतीहरूको सामना गर्ने लगायतका विषयमा धारणा राखेको पार्टी नेता जगन्नाथ खतिवडाले जानकारी दिए र
अब अध्यक्ष, वरिष्ठ नेताहरू र महासचिवले धारणा राख्न बाँकी रहेको नेताहरूले जनाएका छन् । स्थायी कमिटीको बैठक आइतबार सम्पन्न गर्ने प्रवक्ता खतिवडाले बताउनुभयो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन
-
कर्णाली प्रदेश : ११ महिनामा पुँजीगत बजेट एक तिहाइमात्र कार्यान्वयन