पाकिस्तान हट्दा ईयुको कालो सूचीबाट हटेन नेपाल
काठमाडौँ । युरोपियन युनियन (ईयू) को युरोपेली आयोगले नेपालको हवाइ क्षेत्रलाई कालो सूचीमा कायमै राखेको छ । ईयूले शुक्रबार सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणबाट अनुमति पाएका सबै (२० वटा वायुसेवा) कम्पनीलाई आफ्नो उक्त सूचीमा यथावत राखेको हो ।
ईयूले नेपाली उड्डयन क्षेत्रलाई सन् २०१३ देखि यो सूचीमा राख्दै आएको छ । नेपाल यसअघि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संघ (आईकाओ) को ‘खैरो सूची’ मा समेत परेको थियो । तर, उड्डयन क्षेत्रको सुरक्षामा सुधार गरेको भन्दै सन् २०१८ मा यो सूचीबाट हटाएको थियो ।
उक्त सूचीबाट हटेपछि ईयूको कालो सूचीबाट हटाउन समेत पटक पटक प्रयास गरे पनि अहिलेसम्म ईयूले नेपाललाई यही सूचीमा कायम राखेको छ । ईयूको कालोसूचीमा पर्दा नेपाली वायुसेवा कम्पनीहरु युरोपेली मुलुकमा उडान भर्न पाइरहेका छैनन् । युरोपेली विमान भने नेपालमा आउन यो सूचीले रोकेको छैन ।
कुन–कुन देश छन् कालोसूचीमा ?
यसपटक तान्जिनियालाई पनि ईयूले यो सूचीमा समावेश गरेको छ । युरोपियन युनियनको नागरिक उड्डयन सुरक्षा एजेन्सी (ईएएसए) को सुरक्षा चासोका आधारमा तान्जिनियालाई यो सूचीमा समावेश गरिएको आयोगले जनाएको छ । यसपटक पाकिस्तानको पाकिस्तान इन्टरनेशनल एयरलाइन्सलाई भने यो सूचीबाट हटाएको उल्लेख गरिएको छ ।
अद्यावधिक विवरण अनुसार १५ देशका १२९ एयरलाइन्स कम्पनी युरोपेली आकाशमा प्रतिबन्ध हुने सूचीमा छन् । यसमध्ये रसियाका २२ एयरलाइन्स, तान्जिनियाको एयर तान्जानिया, जिम्बाबेको एयर जिम्बाब्वे, भेनेजुएलाको एभियर एयरलाइन्स, सूरीनाम ब्लू विंग एयरलाइन्स, इरान असमान एयरलाइन्स, इराकको फ्लाई बगदाद तथा इराकी एयरवेज समेत छन् ।
ईयूले सार्वजनिक गरेको ग्रे–सूचीमा अङ्गोलाको सातवटा एयरलाइन्सलाई यो सूचीमा राखिएको छ भने सोही देशका दुई एयरलाईन्सलाई भने यो सूचीमा राखिएको छैन ।
त्यस्तै, अफगानिस्तानका २, अर्मेनियाका ९, कंगोका १७, जिबुटीको एक, इक्वेटरीय गिनी २, इरिट्रिया २, किर्गिस्तान १४, नेपालको २०, साओ टोमे र प्रिन्सिपको १ र सुडानको १२ वटा एयरलाइन्स अहिले यो सूचीमा छन् । लाइबेरिया र सिएरा लिओनका एयरलाइन्स कम्पनीहरुलाई समेत यो सूचीमा समावेश गरिएको छ ।
त्यस्तै, इरानको एयर इरान र उत्तर कोरियाको एयर कोरियोमाथि समेत विशेष प्रकारका विमान मात्रै उडान गर्न सक्नेगरी प्रतिबन्ध लगाइएको आयोगले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण