एसियन एमेच्योर र्यापिड स्पर्धामा सिन्दिरा जोशीको शानदार प्रदर्शन
काठमाडौँ । युएईको दुबई स्थित अलएनमा प्रारम्भ भएको २ हजार रेटिङ मुनि एसियन एमेच्योर महिला र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशीले सानदार खेल प्रदर्शन गरेकी छिन्।
नेपालका ओलम्पियाड खेलाडी १६५६ रेटेड सिन्दिराले पहिलो दिन पाँच चरणको खेल सम्पन्न हुँदा अपराजित रहँदै ४ अङ्क जोडेर संयुक्त दोस्रो स्थान सुरक्षित गरेकी हुन्।
सिन्दिराले आफू भन्दा उच्च वरियता न्यूजिल्याण्डकि १९४४ रेटेड चारोमोभा इभ्ग्वेनिया माथि जीत दर्ता गरिन्। यस्तै अनरेटेड भारतका संगीता आशुदानी, १४८७ रेटेड फिलिपिन्सका ओलाङ्दाग मेघन गाब्रिएल्लेलाई पराजित गरेकी छिन् । उनले १४२९ रेटेड युएईका रोदाह घलिभ अलाफीफि र भारतका १६०६ रेटेड एसिएम मार्कसिम कार्कीसँग बराबरी खेलेकी छन्।
यसैगरी नेपालीका महिला एमेच्योर च्याम्पियन पूजा भण्डारीले ३ अङ्क जोडेर संयुक्त चौथो स्थानमा उभिन सफल भएका छन्। पूजाले ३ खेलमा जितको स्वाद लिएकी छन् भने २ खेलमा हारको सामना गर्न पुगिन्।
नेपाली महिला खेलाडीले प्रतियोगितामा क्लासिकल, र्यापिड र ब्लिट्ज गरी तिन विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधाका ५ जना शीर्ष खेलाडीले क्रमशः १५ सय, १२ सय , १ हजार, ८ सय र ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण