एसियन एमेच्योर र्यापिड स्पर्धामा सिन्दिरा जोशीको शानदार प्रदर्शन

काठमाडौँ । युएईको दुबई स्थित अलएनमा प्रारम्भ भएको २ हजार रेटिङ मुनि एसियन एमेच्योर महिला र्यापिड रेटिङ बुद्धिचाल प्रतियोगितामा नेपाल वुमन च्याम्पियन सिन्दिरा जोशीले सानदार खेल प्रदर्शन गरेकी छिन्।
नेपालका ओलम्पियाड खेलाडी १६५६ रेटेड सिन्दिराले पहिलो दिन पाँच चरणको खेल सम्पन्न हुँदा अपराजित रहँदै ४ अङ्क जोडेर संयुक्त दोस्रो स्थान सुरक्षित गरेकी हुन्।
सिन्दिराले आफू भन्दा उच्च वरियता न्यूजिल्याण्डकि १९४४ रेटेड चारोमोभा इभ्ग्वेनिया माथि जीत दर्ता गरिन्। यस्तै अनरेटेड भारतका संगीता आशुदानी, १४८७ रेटेड फिलिपिन्सका ओलाङ्दाग मेघन गाब्रिएल्लेलाई पराजित गरेकी छिन् । उनले १४२९ रेटेड युएईका रोदाह घलिभ अलाफीफि र भारतका १६०६ रेटेड एसिएम मार्कसिम कार्कीसँग बराबरी खेलेकी छन्।
यसैगरी नेपालीका महिला एमेच्योर च्याम्पियन पूजा भण्डारीले ३ अङ्क जोडेर संयुक्त चौथो स्थानमा उभिन सफल भएका छन्। पूजाले ३ खेलमा जितको स्वाद लिएकी छन् भने २ खेलमा हारको सामना गर्न पुगिन्।
नेपाली महिला खेलाडीले प्रतियोगितामा क्लासिकल, र्यापिड र ब्लिट्ज गरी तिन विधामा प्रतिस्पर्धा गर्नेछन्। प्रत्येक विधाका ५ जना शीर्ष खेलाडीले क्रमशः १५ सय, १२ सय , १ हजार, ८ सय र ५ सय अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँसहित देशका विभिन्न क्षेत्रमा हावाहुरी र वर्षा
-
शान्तिका लागि तयार नभएसम्म राष्ट्रपति पुटिनमाथि दबाब बढाइन्छ : युरोपेली सङ्घ प्रमुख
-
आईसीसी विश्वकप लिग २ शृंखला : एकदिवसीय अभ्यास खेलमा नेपालको जित
-
चितुवाको आक्रमणबाट मृत्यु भएका १४ परिवारलाई १ करोड बढी क्षतिपूर्ति
-
प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज
-
सेती नदीमा हाम फालेका युवकको सशस्त्र प्रहरीले गर्यो उद्दार