काठमाडौँका पूर्वमेयर सिंहको निधन
सोमबार, ०१ पुस २०८१, ०९ : १७
काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएको छ । उनी पूर्वमन्त्री समेत हुन् ।
सोमबार बिहान चाक्सीबारीस्थित निवासमा उनको निधन भएको हो । उनी लामो समयदेखि अस्वस्थ रहेका थिए ।
उनको पार्थिव शरीरलाई अहिले चाक्सीबारी निवासमा नै राखिएको छ । ११ बजे अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने बताइएको छ ।
सिंह २०४९ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित भई तत्कालीन काठमाडौँ नगरपालिकाको मेयर बनेका थिए । गणेशमान सिंहको सहयोगी रहेका उनले पछिल्लो समय कांग्रेस परित्याग गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण