गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणको काम तीव्र
काठमाडौँ । चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणको काम तीव्र रूपमा अघि बढेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले आर्थिक अभावको कारण देखाउँदै रंगशाला बनाउने काम छाडेपछि रगंशाला अलपत्रमा परेको थियो ।
लामो समय अलपत्रमा परेको उक्त रगशाला भरतपुर महानगर पालिकाको पहलमा संघीय सरकार, बागमती प्रदेश सरकार र भरतपुर महानगरबिचको सहकार्यमा धमाधम निर्माण भइरहेको छ । उक्त रंगशालाको काम २०८१ असार २३ गतेदेखि हिमालयन कालिञ्चोक बीबी आर निर्माण कम्पनीले काम सुरु गरेको थियो । उक्त कम्पनीले ७८ करोड ५० लाख ९१ हजार लागतमा रंगशाला निर्माण गरी रहेको छ ।
बागमती प्रदेश सरकारको ७५ करोड र भरतपुर महानगर पालिकाको ५ करोड रुपैयाँबाट रंगशालाको काम अगाडि बढाइएको छ भने संघीय सरकारले पनि रंगशाला निर्माणको लागि बजेट विनियोजन गरेको छ ।
निर्माण सुरु भएको ५ महिनामा भएको प्रगतिले तोकिएको समयभित्रै निर्माण सकिने देखिएको आयोजनाका प्रोजेक्ट म्यानेजर वीरेन्द्र कुमार यादवले जानकारी दिए । रंगशालामा दैनिक १ सय ५० देखि १ सय ७५ जना कामदारबाट काम भइरहेको उनले बताए । निर्माण सुरु भएको ५ महिनामा करिब १३ प्रतिशत काम सम्पन्न भइसकेको र अहिले २ वटा टावर दर्शक बस्ने स्ट्याण्ड र खेल मैदान बनाउने काम भइरहेको इन्जिनियर रञ्जित शाहले बताए ।
चितवनको भरतपुर महानगरपालिका १५ रामपुरमा निर्माण भइरहेको रंगशालाको खेल मैदानमा दर्शक बस्ने ३ तहको प्याराफिट र भिआईपी टावर तथा खेलाडीहरू बस्ने टावर निर्माण गरिने शाहले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण