एकीकृत समाजवादीको कार्ययोजना पारित
सोमबार, ०१ पुस २०८१, १९ : ११
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जन सरोकारका विषयलाई सशक्त ढंगले उठाउने भएको छ ।
जारी स्थायी समिति बैठकमा महासचिव घनश्याम भुसालले पेस गरेको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ शीर्षकको कार्ययोजना पारित गर्दै संगठन निर्माण र जनजीविकाका मुद्दा सशक्त ढंगले उठाउने निर्णय गरेको उपमहासचिव रामकुमार भट्टराईले जानकारी दिए ।
‘महासचिवले पेस गरेको कार्ययोजनामामाथिको छलफलमा सदस्यहरूले राखेका सुझाव समेट्दै कार्ययोजना पास भएको छ’, उपमहासचिव भट्टराईले भने, ‘भोलिको बैठकले नेताहरूको कार्यविभाजन नि टुंगो लगाउँछ ।’
कार्ययोजनाअनुसार एकीकृत समाजवादीले आगामी दिनमा सैद्धान्तिक, वैचारिक र सांगठानिक कामलाई तीव्रता दिनेछ ।
जनताका ज्वलन्त समस्या पहिचान गर्ने र ती समस्या अघि सारेर आन्दोलनलाई उठान गर्ने कार्ययोजनाको सार रहेको भट्टराईको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण