नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
सोमबार, ०१ पुस २०८१, २० : ०४
अबुजा । मध्य नाइजेरियाको बेनु नदीमा शनिबार काठको डुङ्गा पल्टिँदा कम्तीमा २० जनाको मृत्यु भएको स्थानीय अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।
स्थानीय अधिकारी मेल्भिन जेम्सले बेनु राज्यमा व्यापारीहरू साप्ताहिक बजारबाट फर्किँदै गर्दा डुङ्गा दुर्घटना भएको बताए ।
जेम्सले भने,“त्यहाँ केही मानिसहरू अझै बेपत्ता छन्, । स्थानीय गोताखोरले खोजी तथा उद्धार कार्य जारी राखेको छ ।”
मारिनेमा अधिकांश महिला र बालबालिका रहेको प्रत्यक्षदर्शीले बताए ।
नाइजेरियामा डुङ्गा दुर्घटनाहरू प्रायः ओभरलोडिङ, खराब मौसमका कारणले हुने गर्छन् । -(रासस/सिन्ह्वा)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण