राखेप कर्मचारी संघमा ५ सदस्य मनोनीत
मङ्गलबार, ०२ पुस २०८१, १९ : १६
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) कर्मचारी संघले केन्द्रीय कार्यसमितिमा ५ कर्मचारीलाई सदस्यमा मनोनीत गरेको छ ।
संघकी अध्यक्ष सरस्वती केसी भण्डारीको अध्यक्षतामा बसेको बैठकले ३ स्थायी र २ करार गरी ५ कर्मचारीलाई सदस्यमा मनोनीत गरेको संघका महासचिव कुमार बस्नेतले जनाएका छन् ।
स्थायीतर्फ गण्डकी प्रदेशबाट डम्बरबहादुर नेपाली, कर्णाली प्रदेशबाट राम ओली र केन्द्र (राखेप) बाट अमृता घिमिरेलाई मनोनीत गरियो । करारतर्फ नारायणहरि थापा र रामकुमार थारु मनोनीत भए ।
महासचिव बस्नेतका अनुसार कर्मचारी संघमा करार कर्मचारीलाई पहिलोपटक केन्द्रीय कार्यसमितिमा समावेश गरिएको हो । ५ सदस्यको मनोनयनसँगै केन्द्रीय कार्यसमितिले पूर्णता पनि पाएको छ । केन्द्रीय कार्यसमिति ३५ सदस्यीय रहने प्रावधान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण