आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’ बनाउन किर डराउँछन् आमिर ?
नयाँ दिल्ली । बलिउड अभिनेता आमिर खानले हालै आफ्नो ड्रिम प्रोजेक्ट ‘महाभारत’को बारेमा कुरा गरेका छन् । आफू यो प्रोजेक्टमा काम गर्न डराइरहेको पनि उनले बताएका छन् । बीबीसीसँग कुराकानीमा आमिर खानले महाभारतको चर्चा गरेका थिए ।
‘यो मेरो ड्रीम प्रोजेक्ट हो र मेरो लागि कुनै चुनौतीभन्दा कम छैन । मलाई डर छ बनाउँदा खेरि मबाट कुनै गल्ती हुन्छ कि । यो ठुलो जिम्मेवारी हो, किनभने महाभारत हाम्रो निकै करिब छ । यो हाम्रो रगतमै छ, त्यसैले म यसलाई बिलकुल सही तरिकाले बनाउन चाहन्छु ।’ आफूले हरेक भारतीयलाई गर्वको अनुभूति गराउन चाहेको अनि दुनियालाई भारतसँग के छ भनेर देखाउन चाहेको पनि उनले बताए ।
‘मलाई थाहा छैन, यो कहिले बन्न सक्ला ।’ उनले भनेका छन् । आमिर खानको प्रडक्शनमा बनेको ‘लापता लेडिज’ ओस्कारमा गएको थियो । तर फिल्म अन्तिम १५ को छोटो सूचिमा भने परेन । यो फिल्मले ओस्कार जिते पुरै देशमा आँधी आउने र मानिसहरू पागल नै हुन्छन् भनेर आमिरले भनेका थिए ।
आमिर खान अहिले आगामी फिल्म ‘सितारा जमीं पर’मा काम गरिरहेका छन् । यो फिल्म सन् २००७ मा आएको फिल्म ‘तारे जमीं पर’को सिक्वेल हो । यसअघि यो फिल्म २०२४ को डिसेम्बरमा रिलिज हुने भनिएको थियो । तर अब भने फिल्म अर्काे वर्ष मात्रै रिलिज हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नितेश तिवारीको ‘रामायण’मा अनुपम खेरको इन्ट्री
-
शिक्षामन्त्रीसँग अमेरिकी कार्यवाहक राजदूतको शिष्टाचार भेटवार्ता
-
बालेनले ३ प्रतिशत कर हटाएसँगै शिक्षामन्त्रीले निजी विद्यालय सञ्चालकलाई छलफलमा बोलाए
-
अमेरिका–इरान युद्ध विरामको प्रस्तावपछि घट्यो तेलको मूल्य
-
विश्वकप हारपछि भावुक बनेका मेस्सीले भनेः यो घाउ निको हुन समय लाग्नेछ
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण