कर्णाली याक्सका अलराउन्डर गुलसनले लिए एउटै खेलमा चार क्याच
काठमाडौँ । कर्णाली याक्सका अनुभवी अलराउन्डर गुलसन झा नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा दोस्रो स्थानमा उक्लिएका छन् ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार खेलिएको चितवन राइनोजविरुद्धको ‘एलिमिनेटर’ खेलमा उत्कृष्ट फिल्डिङ गर्दै उनी यो सूचिको दोस्रो स्थानमा उक्लिएका हुन् ।
चितवन राइनोजविरुद्धको खेलमा गुलसनले चारवटा क्याच लिए । उनले चितवन राइनोजका ओपनर ब्याट्सम्यान हसन इसाखिल र विपिन रावलको क्याच लिएका थिए ।
त्यसपछि उनले रवि बोपारा र सन्तोष कार्कीको क्याच पनि लिएका थिए । जारी एनपीएलमा हालसम्म गुलसनले ६ वटा क्याच लिइसकेका छन् ।
एउटै खेलमा सर्वाधिक क्याच लिने खेलाडी भने जनकपुर बोल्ट्सका कप्तान अनिल कुमार साह हुन् । उनले प्रारम्भिक चरणमा खेलिएको काठमाडौँ गुर्खाजविरुद्धको खेलमा पाँचवटा क्याच लिएका थिए ।
अनिल जारी एनपीएलमा सबैभन्दा बढी क्याच लिने खेलाडी पनि हुन् । उनले हालसम्म सात खेल खेल्दै १२ वटा क्याच लिइसकेका छन् ।
सर्वाधिक क्याच लिने खेलाडीको सूचीमा सुदूरपश्चिम रोयल्सका नरेश बुढा ऐर दोस्रो स्थानमा छन् । उनले हालसम्म नौवटा क्याच लिएका छन् । उनले एउटै खेलमा तीनवटा क्याच लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण