भारतीय क्रिकेटर अश्विनले लिए सन्न्यास
नयाँ दिल्ली । भारतीय क्रिकेटर रविचन्द्रन अश्विनले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले बुधबार अस्ट्रेलियाविरुद्धको तेस्रो* टेस्ट क्रिकेट बराबरीमा टुङ्गिएलगत्तै सन्न्यासको घोषणा गरेका हुन् ।
अश्विन अफ स्पिनर बलर हुन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले सामाजिक सञ्जाल ‘एक्स’मार्फत अश्विनलाई क्रिकेट क्षेत्रमा गरेको योगदानप्रति धन्यवाद दिएको छ ।
अस्ट्रेलियासँगको टेस्ट बराबरीमा टुङ्गिएपछि आयोजित पत्रकार सम्मेलनमा अश्विनले भने, ‘यो अन्तर्राष्ट्रियस्तरमा भारतीय क्रिकेटका रुपमा मेरो अन्तिम दिन हो । म अन्तर्राष्ट्रिय क्रिकेटको सबै फरम्याटबाट सन्न्यास लिन गइरहेको छु ।’
अश्विनले १०६ टेस्ट म्याचमा ५३७ विकेट लिएका छन् । उनले ८ पटक एउटै म्याचमा १० विकेट लिएका छन् । ब्याटिङमा पनि अश्विनले ३ हजार ५०३ रन बनाएका छन् । उनले टेस्ट म्याचमा ६ वटा शतक बनाएका छन् ।
*सच्याइएको ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्युत् नियमन आयोगको अध्यक्षमा १० जनाको दरखास्त, सदस्यमा २२ जना
-
प्रधानमन्त्रीको राजीनामा माग्दै नेविसंघको प्रदर्शन
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण