टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा यति बेला प्लेअफ चरणका खेलहरू चलिरहेका छन् । बुधबार भएको एलिमिनेटर खेलमा कर्णाली याक्स र चितवन राइनोज भिडेका थिए । जसमा कर्णाली याक्स विजयी हुँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
बुधबार नै खेलिएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई स्तब्ध बनाउँदै फाइलनमा स्थानमा बनाएको छ । अब जनकपुरले दोस्रो क्वालिफायरमा कणार्लीको सामना गर्नेछ । खेल बिहीबार हुनेछ ।
बुधबारसम्म एनपीएलमा ३० वटा खेलहरू भइसकेका छन् । तर, क्रिकेट प्रेमीहरूको उत्साह र लगाव भने रत्तीभर पनि कम भएको छैन ।
अझै पनि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा दर्शकहरू भरिभराउ देखिएका छन् । जोखिम मोलेर रुखको हाँगामा बसेर खेल हेरिरहेको दृश्य आजसम्म पनि देख्न सकिन्छ । दर्शकहरूको मायाले यो प्रतियोगिताको पहिलो संस्करणलाई नै सफल बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनका श्रमिकलाई पाँच दिन छुट्टी, पाँच करोड चिनियाँ घुमघाममा
-
राहुघाट जलविद्युत् आयोजना सम्पन्न, परीक्षण उत्पादन हुँदै
-
नीतिगत तहमा रोजगारदाता हाबी हुँदा श्रमिकलाई समस्या
-
रोजगारी र सुशासनका लागि राष्ट्रिय सम्मेलन गर्न एकीकृत समाजवादीको माग
-
विश्व मजदुर दिवस : न्यून ज्यालामा काम गर्न बाध्य इट्टा भट्टाका मजदुर (तस्बिरहरू)
-
दिवस धूमधाम, मजदुरको अवस्था उस्तै (तस्बिरहरू)