टिकटकबारे अन्तिम सुनुवाइ गर्न तयार भयो अमेरिकी सर्वोच्च अदालत
वासिङ्टन डीसी । अमेरिकाको सर्वोच्च अदालतले चिनियाँ सर्ट भिडियो शेयरिङ एप टिकटकको विषयमा अन्तिम क्षणमा सुनुवाइ गर्न तयार भएको छ । टिकटकको माउ कम्पनी बाइटडान्सले जनवरी १९ अघि अमेरिकामा रहेको टिकटकको व्यवसाय बेचेन भने यो प्रतिबन्धमा पर्नेछ । अदालतले कम्पनीलाई किन प्रतिबन्ध नलगाउने वा अमेरिकामा यसलाई किन बेच्नु पर्ने भन्नेबारे टिकटकको दलिलहरूमाथि अन्तिम पटक सुनुवाइ गर्नेछ ।
एप चीन सरकारसँग जोडिएको, यसले अमेरिकीहरूको जासुसी गर्ने र अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गराउन सक्ने अमेरिका सरकारको आरोप छ । तर बाइटडान्सले भने यी आरोपहरूको खण्डन गर्दै आएको छ । सर्वोच्च अदालतले कानुनविरुद्ध गएर उमाथि लगाएको प्रतिबन्धमा अस्थायी रूपमा रोक लगाउन टिकटकले गरेको माग स्वीकार गरेको छैन । तर यसले टिकटक र बाइटडान्सलाई जनवरी १० मा उनीहरूको दलिल राख्ने अवसर दिएको छ । यो भनेको प्रतिबन्ध लागु हुनु ९ दिन अगाडि हो ।
डिसेम्बरको सुरुमा सङ्घीय पुनरावेदन अदालतले विधेयक उल्ट्याउने प्रयास खारेज गरेको थियो । सर्वोच्च अदालत अमेरिकाको उच्च कानुनी निकाय हो । हरेक वर्ष सर्वोच्चमा ७ हजार भन्दा धेरै याचिका दायर हुन्छन् । तर यसले वर्षभरिमा सय वटा मात्रै मुद्दाको सुनवाइ गर्छ ।
त्यसैले पनि अदालतले टिकटकको याचिकालाई महत्त्व दिनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ । यसअघि भने अमेरिकी प्रयोगकर्ताहरूको वाक स्वतन्त्रतामा प्रभाव पार्न सक्ने भएकोले एपमाथिको प्रतिबन्ध असंवैधानिक भएको तर्क टिकटकले दिँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण