व्यवसाय विकास सेवा सम्झौतामा हस्ताक्षर
विराटनगर । साना, मझौला तथा सबै खाले व्यवसायलाई सहयोग पुर्याउने उद्देश्यले शुक्रबार विराटनगरमा ‘व्यवसाय विकास सेवा’ सम्झौतामा हस्ताक्षर गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र उपाय बिजनेस सोलुशन र नेपाल उद्योग वाणिज्य महासंघ कोशी, आध्यान्त फण्ड मेनेजमेन्ट लि. र डाइनो टेक प्रा.लि. बिच दुई बेग्ला बेग्लै सम्झौता भएको हो । उपाय बिजनेस सोलुशन बिचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष श्री राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र उपाय बिजनेस सोलुशनका प्रमुख कार्यकारी अधिकृत शोभा श्रेष्ठ तथा डाइनो टेक प्रा.लि. बिचको सम्झौतामा महासंघ कोशीका अध्यक्ष राजेन्द्र राउत, आध्यान्त फण्ड मेनेजमेन्ट लि.का कार्यक्रम तथा साझेदारी प्रमुख निश्चल सिंह भण्डारी र डाइनो टेक प्रा.लि. का अध्यक्ष प्रदिप सिग्देलले हस्ताक्षर गरे ।
त्यसक्रममा अध्यक्ष राउतले नेपालको आर्थिक विकासका लागि कोशी प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै व्यवसाय विकास सेवा शुभारम्भ भएकामा खुसी व्यक्त गरे । कोशी प्रदेशमा सञ्चालनमा रहेका उद्योग प्रतिष्ठानहरूले राष्ट्रिय पुँजी निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको बताउँदै अध्यक्ष राउतले व्यवसाय विकास सेवाबाट थप लाभ प्राप्त हुने बताए ।
कोशी प्रदेशमा १२ हजार २२५ उद्योग प्रतिष्ठान सञ्चालनमा रहेको र तिनमा ७३ हजार ९१८ जनाले रोजगारी पाएको तथ्यांक राउतले प्रस्तुत गरे । ग्रामीण क्षेत्रदेखि सहरी क्षेत्रसम्म सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगहरू, उद्योग स्थापनादेखि सञ्चालन र व्यवस्थापनसम्म कामका लागि तहगत सरकारका आवश्यक प्रक्रियाहरू गर्न अनेक कारणले कठिनाइ भइरहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
-
कर्णालीको नीति तथा कार्यक्रम छलफल : ‘कपीपेस्ट’ आरोपको बचाउमा मुख्यमन्त्री
-
मानव अधिकारका सवालमा ‘दोहोरो मापदण्ड’ अपनाउँदैनाैँ : गगन थापा
-
‘कूटनीतिक रूपमा भारतले रवि लामिछानेलाई निकै महत्त्व दिएको देखिन्छ’
-
गाभिएका मन्त्रालयले असार ७ भित्र ओएन्डएम गरिसक्नुपर्ने
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण