नेपाल प्रिमियर लिग क्रिकेट
१५ ओभरको अन्त्यमा सुदूरपश्चिमले बनायो १ सय ४३ रन
शनिबार, ०६ पुस २०८१, १३ : ४४

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टसविरुद्ध पहिले ब्याटिङ गरिरहेको छ । १५ ओभरको अन्त्यमा टोलीले ३ विकेटको क्षतिमा १ सय ४३ रन बनाएको छ ।
हरमित सिंह १४ रन बनाएर आउट भए भने ब्रान्डन म्याकमुलेन १४रन बनाएर खेलिरहेका छन् । यसअघि विनोद भण्डारीले ४१ रन बनाएर आउट भएका थिए भने सेफ अलि जेबले ६९ रन बनाए । फाइनल खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी रहेको छ । खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२० वर्षे पुराना सवारीसाधनमैत्री काठमाडौं उपत्यका बनाउने अभियानमा प्रहरी
-
तेस्रो त्रैमासमा १२ वाणिज्य बैंक कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना
-
रुसले उत्तर कोरियालाई नयाँ युद्धपोत निर्माणमा सहयोग गरेको हुनसक्छ : सियोल
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
बोर्डको लोगो प्रयोग गरी कक्षा १२ को परीक्षाका बारेमा भ्रम फैलिएपछि...
-
मजदुर उत्पादन गर्ने शिक्षा प्रणाली बदल्ने कि !