एनपीएल : कुन टोलीले कति रुपैयाँ पाउँछ ?
शनिबार, ०६ पुस २०८१, १६ : २३

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिगको उपाधि जनकपुर बोल्ट्सले जितेको छ । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्सलाई स्तब्ध पार्दै जनकपुर बोल्ट्सले उपाधिमाथि कब्जा जमाएको हो । १ सय ८५ रनको लक्ष्य जनकपुरले १९।२ ओभरमा ५ विकेटको क्षतिमा पछ्यायो ।
यसअघि दुई चोटी जनकपुरलाई हराएको सुदूरपश्चिम फाइनलमा भने ५ विकेटले पराजित हुन पुग्यो । क्यानका अनुसार विजेता टोलीले १ करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ ।
त्यस्तै, दोस्रो हुने सुदूरपश्चिम रोयल्सले ५१ लाख रुपैयाँ पाउने छ । तेस्रो हुने कर्णाली याक्सले २५ लाख रुपैयाँ तथा चौथो हुने चितवन राइनोजले १५ लाख रुपैयाँ पाउने छ । क्यानले पहिलो पटक आयोजना गरेको फ्रेन्चाइज प्रतियोगिता योसँगै समाप्त भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाकालीको बार आज कसलाई कति फलदायी ? हेरौं राशिफल
-
बङ्गालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको प्रभाव कायमै, आज कहाँ-कहाँ हुन्छ वर्षा ?
-
आज संसद्को संयुक्त बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय
-
आज वैशाख शुक्ल पञ्चमी, रामानुजाचार्य जयन्ती
-
कति पुग्यो विदेशी मुद्राको मूल्य
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता