तेल अभिभमा हुथी विद्रोहीद्वारा मिसाइल आक्रमण, एक दर्जनभन्दा बढी घाइते
तेल अभिभ । इजरायली सेनाका अनुसार यमनमा रहेका हुथी विद्रोहीले राजधानी तेल अभिभमा मिसाइल आक्रमण गरेका छन् । आक्रमणमा एक दर्जनभन्दा बढी मानिस घाइते भएका छन् ।
इजरायलले आक्रमणमा घाइते भएका १६ जनालाई स्वास्थ्य सहायता प्रदान गरेको जानकारी दिएको छ। क्षेप्यास्त्र प्रहारपछि भएको विष्फोटमा उनीहरु घाइते भएका हुन् ।
यमनबाट प्रहार गरिएको मिसाइल इजरायलको वायु रक्षा प्रणालीलाई बाइपास गर्न सफल भएको थियो ।इजरायली सेनाले हुथी विद्रोही विरुद्ध प्रहार गरिएको मिसाइललाई रोक्न असफल भएको र मिसाइल पार्कमा खसेको बताइएको छ ।
हुथी विद्रोही समूहका प्रवक्ता याह्या सारिलेले भने, ‘यमनी सशस्त्र सेनालाई जाफामा कब्जा गरेको इजरायली सैन्य आधारमा मिसाइलले निशाना बनाइएको थियो। हामीले हाइपरसोनिक ब्यालिस्टिक मिसाइलको प्रहार गरेका थियौँ र यसले लक्ष्यमा हानेको छ।’
इरान समर्थित हुथी विद्रोही समूह प्यालेस्टाइनको समर्थक मानिन्छ। इजरायलको गाजामा आक्रमण पछि, हुथी विद्रोहीहरूले लाल सागरमा इजरायलतर्फ जाने जहाजहरूमा आक्रमण गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण