एनपीएल सकिएपछि पारस खड्काले भने– अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउँछौँ
काठमाडौँ । नेपाल क्रिकेट संघका सचिव पारस खड्काले एनपीएलको अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउने बताएका छन् । एनपीएलको पहिलो संस्करण सकिए लगत्तै सचिव खड्काले सामाजिक सञ्जाल फेसबुकमार्फत सो कुरा बताएका हुन् ।
उनले भने– ‘भविष्यमा यस लिगलाई विश्वकै उत्कृष्ट लिगहरू मध्येको एक बनाउने हाम्रो लक्ष्यका साथ अर्को संस्करणलाई अझ सभ्य र भव्य बनाउन प्रतिबद्ध रहनेछौँ।’
सचिव खड्काले विजेता जनकपुर बोल्ट्सलाई बधाई दिँदै सम्पूर्ण सहभागी फ्रेन्चाईज टिमहरू र खेलाडीहरूलाई धन्यवाद व्यक्त गरेका छन् ।
साथै उनले प्रतियोगितालाई सम्पन्न गर्न सहयोग गर्ने नेपाल सरकार, प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्रीद्वय शेरबहादुर देउवा, पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय खेलकुद परिषद, आठ फ्रेन्चाईज टिमका मालिक र सम्पूर्ण प्रायोजक तथा क्रिकेटलाई माया गर्ने सम्पूर्ण समर्थक तथा शुभेच्छुक महानुभावहरूलाई हृदयदेखि धन्यवाद दिएका छन् ।
खड्काले सबैको माया र साथले सीमित श्रोत र साधनका बावजुत भव्यताका साथ प्रतियोगिता सम्पन्न भएको बताएका छन् ।
उनले भनेका छन्- ‘तपाईं सम्पूर्णको माया र साथले सीमित श्रोत साधनका बावजुत देशको गरिमालाई क्रिकेटको माध्यमबाट विश्वसामु पुर्याउँदै देशको सिङ्गो अर्थतन्त्र, पर्यटन, खेल, उद्यमलाई नै गतिशील बनाउँदै यस प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण