रक्षापंक्ति बलियो बनाउन आफ्नै पूर्व खेलाडीलाई भित्र्याउँदै रियल म्याड्रिड
काठमाडौँ । आफ्नो रक्षा पंक्तिलाई बलियो बनाउने उद्देश्यसहित स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडले राफा मारिनलाई भित्राउने तयारी अगाडि बढाएको छ । रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले पनि यो समाचारको पुष्टि गरेका छन् ।
पेरेजका अनुसार आगामी जनवरीमा राफा मारिनलाई क्लबमा भित्राउने गरी तयारी अगाडि बढाइएको हो । स्पेनको यू–२१ राष्ट्रिय टोलीका सेन्टर ब्याक राफा मारिन हाल इटालियन सिरिए क्लब नोपोलीबाट व्यावसायिक फुटबल खेल्छन् ।
२२ वर्षीय राफा मारिन रियल म्याड्रिडकै पूर्वखेलाडी पनि हुन् । उनले सन् २०२१ देखि सन् २०२३ सम्म रियल म्याड्रिडको ‘बी’ टोलीबाट खेलेका थिए । उनी सन् २०२४ मा इटालियन क्लबमा आबद्ध भएका हुन् ।
रियल म्याड्रिडका प्रमुख प्रशिक्षक कार्लो एन्सेलोट्टीले पनि पछिल्लो समय घाइते समस्याका कारण टोलीको रक्षापंक्तिमा समस्या देखिएको बताउँदै आएका छन् । रियल म्याड्रिडमै रहँदा उनले एक सिजन ऋणमा स्पेनिस क्लब आल्भेसबाट पनि खेलेका थिए । आल्भेसमा उनको प्रदर्शन उत्कृष्ट थियो ।
त्यसैले राफा मारिनका लागि नापोलीले एक करोड २० लाख युरो खर्चिएको थियो । पछिल्लो समय अहिले उनको मूल्य दुई करोड २० लाख युरो पुर्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण