छोरालाई होमवर्क गराइरहँदा हृदयघात भएपछि...
बेइजिङ । चीनमा छोरालाई होमवर्क गराइरहँदा एक पितालाई हृदयघात भएको छ । छोरालाई होमवर्क गर्न सघाइरहेको समयमा ती पुरुष यति रिसाए कि अचानक मुटुमा समस्या भएर झन्डै ज्यान गुमाएनन् । घटना चीनको झेजियाङ प्रान्तको हो ।
जाङ थर गरेका ४० वर्ष आसपासका ती पुरुषले घटनाको समयमा उच्च माध्यमिक तहमा पढिरहेका छोरालाई प्रवेश परीक्षाको तयारीमा सघाइरहेका थिए । बाउ छोराबिच स्थिति यति तनावपूर्ण बन्यो कि झाङलाई तु दौडाएर अस्पतालमा नै पुर्याउनुपर्यो ।
अस्पतालमा उनलाई हृदयघात भएको थाहा भयो । तत्कालै ‘सर रन रन श’ अस्पतालका डाक्टरहरूले मुटुको आकस्मिक बाइपास सर्जरी गरेर पुरुषलाई बचाए । परीक्षाको तयारी शुरु भएदेखि नै झाङ र उनको छोराबिचको सम्बन्ध तनावमय बनेको थियो ।
हरेक रात बाउछोरा मिलेर अभ्यास गर्थे । यस्तै एक अभ्यासका क्रममा झाङ यति रिसाए कि उनलाई हृदयघात नै भयो । चीनमा यो नौलो घटना भने होइन । त्यहाँ बच्चालाई होमवर्क विशेषगरी गणित सिकाउने क्रममा अभिभावकलाई हर्ट अट्याक र स्ट्रोकका घटना बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुकुम्बासीका पीडाः सरकारले हेरेजस्तो गर्छ अनि हेप्छ
-
तत्कालीन उपाध्यक्ष र प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
गुठी संस्थानको प्रशासकमा शैलेन्द्र कुँवर नियुक्त
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण