छोरालाई होमवर्क गराइरहँदा हृदयघात भएपछि...

बेइजिङ । चीनमा छोरालाई होमवर्क गराइरहँदा एक पितालाई हृदयघात भएको छ । छोरालाई होमवर्क गर्न सघाइरहेको समयमा ती पुरुष यति रिसाए कि अचानक मुटुमा समस्या भएर झन्डै ज्यान गुमाएनन् । घटना चीनको झेजियाङ प्रान्तको हो ।
जाङ थर गरेका ४० वर्ष आसपासका ती पुरुषले घटनाको समयमा उच्च माध्यमिक तहमा पढिरहेका छोरालाई प्रवेश परीक्षाको तयारीमा सघाइरहेका थिए । बाउ छोराबिच स्थिति यति तनावपूर्ण बन्यो कि झाङलाई तु दौडाएर अस्पतालमा नै पुर्याउनुपर्यो ।
अस्पतालमा उनलाई हृदयघात भएको थाहा भयो । तत्कालै ‘सर रन रन श’ अस्पतालका डाक्टरहरूले मुटुको आकस्मिक बाइपास सर्जरी गरेर पुरुषलाई बचाए । परीक्षाको तयारी शुरु भएदेखि नै झाङ र उनको छोराबिचको सम्बन्ध तनावमय बनेको थियो ।
हरेक रात बाउछोरा मिलेर अभ्यास गर्थे । यस्तै एक अभ्यासका क्रममा झाङ यति रिसाए कि उनलाई हृदयघात नै भयो । चीनमा यो नौलो घटना भने होइन । त्यहाँ बच्चालाई होमवर्क विशेषगरी गणित सिकाउने क्रममा अभिभावकलाई हर्ट अट्याक र स्ट्रोकका घटना बढेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै
-
देशको पहिलो ‘फ्लाई ओभर’ निर्माण सम्पन्न, प्रधानमन्त्री ओलीले आज उद्घाटन गर्दै
-
मेस्सीको गोलले इन्टर मियामीलाई पोर्टोमाथि जित
-
दुई भुक्तानी सेवा प्रदायकको अनुमति पत्र खारेज
-
तेल अवीवस्थित नर्वेको राजदूत निवासमा विस्फोट
-
इरान–इजरायल तनावबारे ट्रम्पलाई तीन दिनसम्म सुरक्षा जानकारी लिने