इन्स्पेक्टर बिनु शाहीको थुनछेक सकिएन, हिरासतमा बास
काठमाडौँ । ललितपुर जिल्ला अदालतमा उपस्थित भएकी निलम्बित प्रहरी निरीक्षक बिनु शाहीको बहस आइतबार पुरा भएन । भैंसेपाटीमा घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेर रकम असुलेको घटनामा उनलाई प्रतिवादी कायम गरेर प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले मुद्दा दायर गरेको थियो ।
आइतबार बयान भएपनि समय अभावका कारण थुनछेक बहस सुरु नभएको ललितपुर जिल्ला अदालतका एकजना अधिकृतले रातोपाटीलाई बताए । बहस पुरा नभएपछि अदालतको आदेशले उनलाई जिल्ला प्रहरी परिसर ललितपुरमा राखिएको छ । अदालतको आदेश अनुसार शाहीलाई हिरासतमा राखिएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए ।
व्यवसायीलाई ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भन्दै हनिट्रयापमा पारेर रकम असुलेको आरोपमा भैंसेपाटी प्रभागमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल, सुस्मा बिक र इटहरी घर भएका ताज मूल इस्लाम र भिमादेवी थापासहित ६ जनाविरुद्ध सीआईबीले मुद्दा दायर गरेको थियो । घरजग्गा कारोबारीबाट सो समूहले ३० लाख असुलेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेश नेपालीको आत्मदाह घटनाको सम्बन्धमा न्यायिक समिति गठन
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण