ताप्लेजुङमा धान उत्पादनमा वृद्धि
सोमबार, ०८ पुस २०८१, ०५ : २४

ताप्लेजुङ । यस वर्ष ताप्लेजुङमा धान उत्पादनमा वृद्धि भएको छ । गत वर्षको तुलनामा यसवर्ष धान उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार मौसम अनुकूलतासँगै बालीलाई पानी चाहिने समयमा वर्षा भएकाले उत्पादनमा सुधार आएको हो । यो वर्ष पाँच सय ५३ हेक्टर क्षेत्रफलमा धान खेती गरिएकामा १५ हजार आठ सय ३२ मेट्रिकटन उत्पादन भएको केन्द्रका प्रमुख सन्तोष थापा मगरले बताए । यो अघिल्लो वर्षको तुलनामा छ मेट्रिकटनले बढी हो ।
यो वर्षको उत्पादनबाट ताप्लेजुङका किसान उत्साहित भएका जनाउँदै उनले स्थानीयस्तरमा खाद्य सुरक्षा सुनिश्चित गर्न मद्दत मिलेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मानवतालाई जीवित राखौँ’ भन्ने नाराका साथ रेडक्रस दिवस मनाइँदै
-
मन्त्रिपरिषद् बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
प्रतिनिधिसभा बैठक बस्दै, नीति तथा कार्यक्रममाथिको छलफल जारी रहने
-
‘वर्ड रिजर्भ’ क्षेत्रमै चरालाई सङ्कट
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
गभर्नर नियुक्ति प्रकरण : पन्छिएका उम्मेदवार फेरि रेसमा