एमालेकै सांसदले मागे लेखा समिति सभापतिको जवाफ

काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापतिले जवाफ दिनुपर्ने बताएका छन् । सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले सभापति ऋषिकेश पोखरेलले जवाफ दिनुपर्ने बताएका हुन् ।
यसअघि समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरेलको परिवार सहकारीमा जोडिएको भन्दै सभापतिले त्यसको जवाफ दिनुपर्ने बताएका थिए । एमालेका सांसद समेत रहेका सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।
‘सभापतिज्यूको बारेमा कुरा उठेको छ । सुशासनको चेक एण्ड ब्यालेन्स समितिमा बसेपछि त्यसको जवाफ दिनुपर्छ,’ बैठकमा भट्टराईले भने, ‘ती कुरा उठेको छ, स्पष्टीकरण दिने फोरम हैन तर पनि यसमा जवाफ दिएर स्पष्ट दिनुस् ।’
सांसद भट्टराईले सभापतिको श्रीमती जोडिए किन सभापतिलाई पनि जोड्ने भन्दै प्रश्न पनि गरेका छन् । सभापतिको श्रीमती सहकारीमा जोडिएको भन्दै उनले पोखरेललाई जोड्न आवश्यक नरहेको बताए ।
सांसद भट्टराईले एमालेका इमान्दार सदस्यले बाहिर चिच्याउनु कराउनु भन्दा पनि अदालत जानेमा विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल
-
प्रहरी जवानमा थप ६७७ जनाका लागि भर्ना खुल्यो
-
आन्तरिक राजस्व कार्यालय वीरगञ्जद्वारा आठ अर्ब ५२ करोड राजस्व सङ्कलन