एमालेकै सांसदले मागे लेखा समिति सभापतिको जवाफ
काठमाडौँ । नेकपा एमालेका सांसद योगेश भट्टराईले लेखा समिति सभापतिले जवाफ दिनुपर्ने बताएका छन् । सोमबार बसेको समितिको बैठकमा बोल्दै उनले सभापति ऋषिकेश पोखरेलले जवाफ दिनुपर्ने बताएका हुन् ।
यसअघि समितिको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले पोखरेलको परिवार सहकारीमा जोडिएको भन्दै सभापतिले त्यसको जवाफ दिनुपर्ने बताएका थिए । एमालेका सांसद समेत रहेका सभापति पोखरेलकी पत्नी अञ्जला कोइरालासहित २६ जनाविरुद्ध मोरङको धनपालथान गाउँपालिका–३ स्थित उमागौरी कृषि सहकारी संस्थाको रकम अपचलनमा संलग्न आरोपमा मुद्दा दायर गरिएको छ ।
‘सभापतिज्यूको बारेमा कुरा उठेको छ । सुशासनको चेक एण्ड ब्यालेन्स समितिमा बसेपछि त्यसको जवाफ दिनुपर्छ,’ बैठकमा भट्टराईले भने, ‘ती कुरा उठेको छ, स्पष्टीकरण दिने फोरम हैन तर पनि यसमा जवाफ दिएर स्पष्ट दिनुस् ।’
सांसद भट्टराईले सभापतिको श्रीमती जोडिए किन सभापतिलाई पनि जोड्ने भन्दै प्रश्न पनि गरेका छन् । सभापतिको श्रीमती सहकारीमा जोडिएको भन्दै उनले पोखरेललाई जोड्न आवश्यक नरहेको बताए ।
सांसद भट्टराईले एमालेका इमान्दार सदस्यले बाहिर चिच्याउनु कराउनु भन्दा पनि अदालत जानेमा विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण