समाचार
निकोलस भुसालविरुद्ध म्याद थप गर्न अदालतद्वारा अस्वीकार
सोमबार, ०८ पुस २०८१, १९ : ४१
काठमाडौँ । कास्की जिल्ला अदालतले अभियन्ता निकोलस भुसालविरुद्ध म्याद थप गर्न अस्वीकार गरेको छ ।
कास्की प्रहरीले उनलाई म्याद थपका लागि सोमबार अदालतमा उपस्थित गराए पनि न्यायाधीश नवराज दाहालको इजलासले म्याद थप गर्न अस्वीकार गरेको हो । अदालतले हिरासत बाहिरै राखेर उनीमाथि अनुसन्धान गर्न आदेश दिएसँगै भुसाललाई छाडिएको कास्की प्रहरीका एक अधिकृतले जानकारी दिए ।
रास्वपाका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गरेको आरोपमा उनी आइतबार काठमाडौँबाट पक्राउ परेका थिए । काठमाडौँबाट उनलाई सोमबार पोखरा लगिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण