बजाज फाइनान्स मेला २०२४ सुरु हुँदै
मङ्गलबार, ०९ पुस २०८१, १५ : १९
काठमाडौँ । बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले पुस १० गतेदेखि १६ गतेसम्म नक्सालस्थित बाइकर्स क्याफेमा विशेष फाइनान्स मेला २०२४ आयोजना गर्न लागेको छ । यो मेलाले ग्राहकहरूलाई बजाज मोटरसाइकल खरिद गर्न झन् सहज बनाउने उद्देश्य राखेको हो ।
यस फाइनान्स मेलामा सेवा शुल्क शून्य रहने र अन्य कुनै अतिरिक्त शुल्क नहुने कम्पनीले बताएको छ । त्यसैगरी ९.९९% ब्याजदरमा फाइनान्स सुविधा, ३६ महिनासम्मको लचिलो किस्ताबन्दी योजना र १ घण्टाभित्रै ऋण स्वीकृत हुनेजस्ता विशेष सुविधा पनि उपलब्ध हुनेछन् । प्रत्येक खरिदमा ग्राहकहरूले निःशुल्क एक्सेसरी समेत प्राप्त गर्नेछन् ।
बजाज मोटरसाइकलका कार्यकारी निर्देशक अभिमन्यु गोल्छाले ग्राहकहरूको सहजता र खुसीलाई प्राथमिकतामा राख्दै कम्पनीले फाइनान्स मेला २०२४ ल्याएको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण